कमरेहडहरुको विचारधारा र कार्यशैली मा त्रुटीहरु हुँदा, हामीले उनीहरुलाई अस्वीकार गर्नु हुँदैन । बरु हामीले उनीहरुलाई विश्वास गर्नुपर्छ र उनीहरुलाई प्रगति गर्नमा मद्दत गर्न खुब कोशिस गर्नुपर्छ । यो कमरेड माओत्सेतुङको नेतृत्व शैली हो ।
हामीले हाम्रा प्रत्येक कमरेडहरुको आधारभूत मूल्याङ्कन गर्नुपर्छ । यसको अर्थ ऊ आधारभूत रुपले विश्वासयोग्य छ कि छैन भनेर जान्नु हो । ऊ विश्वासयोग्य छैन भन्ने कुराको यथेष्ट प्रमाण भएमा पार्टी ऊदेखि सावधान हुनुपर्छ र उसलाई अस्वीकार गर्नुपर्छ ।
विश्वासयोग्य भएमा उसका असंख्य गल्तिहरु भएपति उसलाई वा उसको विचारधारा तथा कार्यशैली जतिसुकै त्रुटिपूर्ण भएपनि, पार्टीले उसलाई विश्वास गर्नुपर्छ । साथै उसका गल्तिहरुको आलोचना गर्नुपर्छ र उसलाई उसको शैली सुधार्नमा मद्दत गर्नुपर्छ ।
यस्ता कमरेडहरु आधारभूत रुपले भरपर्दो भएकोले, उनीहरुलाई यथाशक्य मद्दत गर्नुपर्छ । हामीले उनीहरुप्रति चिसो व्यवहार गर्नु वा उनीहरुप्रति बेवास्ता गर्नु हुँदैन । अन्यथा, नेताहरु उनीहरुका गल्तिहरुको आलोचना गर्ने स्थितिमा हुने छैनन् र नेताहरुले आफूलाई अफ्ठ्यारो स्थितिमा पाउनेछन् ।
असल नेता आफूलाई मन नपर्ने र आफूसित सम्बन्ध राख्न नचाहने कमरेडहरुसित एक हुनुपर्छ । अनि उसले उनीहरुलाई असल कुराहरुको प्रशंसा र खराब कुराहरुको आलोचना गरेर उनीहरुलाई मद्दत गर्न खुब मेहनत गर्नुपर्छ । यस ढंगबाट मात्रै उसले आफ्नो नेतृत्वलाई सुधार्नका साथै उनीहरुलाई फेर्न सक्दछ ।
(चाउ एन लाई जनवादी गणतन्त्र चीनका पूर्वप्रधानमन्त्री हुनुहुन्छ।)