मानिसहरू एक अर्काको सम्पर्कमा बस्न चाहन्छन् । फुर्सद हुनासाथ सामाजिक सञ्जालमा जोडिन्छन्, मनोरञ्जन गर्न चाहन्छन् र आफ्नो अभिव्यक्ति राख्न चाहन्छन् ।
विकसित मुलुकका ८१ प्रतिशत मानिसहरू इन्टरनेट प्रयोग गरिरहेका छन् । ८५ प्रतिशत परिवार र साथीहरुसँग सम्पर्कका लागि इन्टरनेट प्रयोग गर्छन् भने १५ प्रतिशत मात्र शैक्षिक कार्यमा इन्टरनेट प्रयोग भएको छ । ७१ करोड मानिसहरूले आउने ७ वर्षमा इन्टरनेट प्रयोग गर्ने छन् जुन विगतको ७ वर्षमा प्रयोग गर्नेको आधा हुनेछ ।

किसानहरू उत्पादनको मूल्य, महिलाहरू शिशु स्याहारको समाधान, विद्यार्थीहरू अनलाइन कोर्समा अभिरुचि राख्दछन् । २००७ मा आएको आइफोनभन्दा अहिलेको आइफोनको मूल्य दश गुणा कम छ र क्षमता बढी ।
ब्राजिलमा सन् २००० पछि राहतको साइबर-क्याफेको व्यवस्था भयो ६० प्रतिशतले त्यसको उपयोग गर्न थाले । ब्राजिल भारत र अमेरिकापछि फेसबुक बढी चलाउने तेस्रो देश भएको छ ।
गुगलको आम्दानीको ४६ प्रतिशत संयुक्त राज्य अमेरिकाबाट, ६ प्रतिशत दक्षिण अमेरिकी देशहरूबाट र एसियाबाट १५ प्रतिशत आउँछ । अमेरिकाको एउटा फेसबुक प्रयोगकर्ताले एउटा एसियाली भन्दा १२ गुणा बढी राजस्व तिर्छ तर आउने चार वर्षमा ९० प्रतिशत फेसबुकमा दक्षिण–पूर्वी एसिया, ल्याटिन अमेरिका, मध्यपूर्व र अफ्रिकाका उपयोगकर्ताको संख्या निकै बढ्नेछ । मनोरञ्जन, सम्वाद र सञ्चार हातहातै हुन थालेको छ ।
भारतमा २०१६ मा २१.८ करोड इन्टरनेट प्रयोगकर्ता थिए भने २०१८ को अन्त्यसम्म ५० करोड भए । भारतीयहरूसँग अमेरिकीभन्दा तीन गुणा बढी मोबाइल फोन डाटा हुने गरेको छ । २०१६ मा भारतमा २० युट्युब च्यानल थिए । अहिले ६०० च्यानल छन् । अचम्म त के छ भने विश्वको ५० सर्वोत्तम युट्युब च्यानल भोजपुरी भाषामा छ, जुन भारतको पिछडिएको राज्य बिहारको एउटा प्रादेशिक भाषा हो ।
भारतको तीन चौथाइ इन्टरनेटमा भिडियो चल्छ, त्यसमा पोर्न भिडियो ९० प्रतिशत हुन्छन् जुन अमेरिकामा ७५ प्रतिशत मात्र हुन्छ । भारतमा मार्च २०१२ पछिका तीन वर्षमा ८२ अर्ब रुपियाँ आम्दानी भयो ।
नेपालमा इन्टरनेट ग्राहक घनत्व ५८.५९ प्रतिशत छ । हामीकहाँ पनि इन्टरनेट प्रयोगकर्ताको संख्या बढिरहेको छ र अल्पाधिकारीहरू नेपाली जनताको खल्ति खालि गर्न तल्लिन छन् । भ्वाइस सर्च नन भ्वाइस सर्च भन्दा बढी चलनमा आएको छ । फुर्सदिला नेपालीहरू इन्टरनेटमा व्यस्त छन् र विश्रामको अर्थतन्त्र बढाइरहेका छन् ।