Xi Jinping-Kim Jong Un meeting in Beijing
 

भारतीय सञ्चार माध्यमहरू कति सतही विश्लेषण गर्छन भन्ने कुरा आज ABP न्युज च्यानल हेरेर अझै बढी स्पष्ट हुने मौका मिल्यो । ABP मा आइतबार बेलुका भारतीय समय अनुसार २२ : ०० बजे विश्लेषण सहितको टिप्पणी आएकाे थियाे । शीर्षक भने ‘किम – सि उच्च वार्ता भारतलार्इ लक्षित गरेर भएको’ भन्ने  रहेछ ।

प्रष्ट कुरा के हो भने किम जोङ उन (उत्तर कोरियाली राष्ट्रप्रमुख) गत हप्ता अकस्मात चीनको भ्रमणमा निस्केका थिए र उनले त्यहाँ चिनियाँ राष्ट्रपति सि जिनपिङलार्इ भेटेर शिखर वार्ता गरेका थिए ।

Bashu Mishra
लेखक

विश्वजगत नै किमको यस कदमबाट अचम्ममा परेको थियो, जसमा संयुक्त राज्य अमेरिका, रुसी महासंघ र युरोपियन युनियनजस्ता अन्तर्राष्ट्रिय शक्ति राषट्रहरू प्रमुख रुपमा अगाडि अाउँछन् ।

अपितु भारतीय मिडिया भने उत्तरी कोरिया र चीन भारतका विरुद्ध मोर्चाबन्दी गर्न लागेको भनेर डङ्का पिट्न उद्धत रहेछन् ।

पहिलो कुरा, उत्तर कोरियाको भारतसँग न त खास सम्बन्ध छ, न कुनै समस्या । भारतको विरुद्ध उसले अर्को देशसँग गठबन्धन गर्नुपर्ने कुनै वास्तविक कारण देखिँदैन ।

जहाँसम्म चीनको कुरा हो, चीनले भारतलार्इ प्रतिस्पर्धी नै मान्दैन । चीनको भारतसँग विवाद रहेता पनि चिनियाँहरु भारतलार्इ अहिल्यै अमेरिकी खेमामा धकेल्न चाहँदैनन् । यसकाे प्रमाण त चीनको बढी दबदबा रहेको SCO, BRICS, AIIB र BRICS Developement Bank मा भारतको प्रवेश नै पर्याप्त छ । चीनको अगुवाईमा आएको यस जगतको अहिलेसम्म सबैभन्दा ठुलो परियाेजनामा समेत भारतलार्इ समावेश गर्न चीनले बारम्बार गरेको जोड र विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा चीन र भारतले प्रस्तुत गरेका समान धारणाले पनि चीनले भारतलार्इ सामरिक तरिकाले निषेध गर्न चाहेको मान्न सकिँदैन ।

अर्को तथ्य, चीनले भारतमाथि सैनिक दबाव बढाउन भारतभन्दा धेरै टाढाको उत्तर कोरिया होइन कि पाकिस्तान, म्यान्मार, बंगलादेश, श्रीलंका, नेपाल आदि सार्क मुलुकहरुलार्इ पो अगाडि सार्ला त । बढीमा इरानलार्इ साथमा लिएर भारतलार्इ कमजाेर पार्न सकिन्छ । उत्तर कोरियासँगको चीनको गठबन्धन भारतको विरुद्ध बिल्कुल निश्प्रभावी हुन्छ ।

याे पनि पढ्नुहाेस्ः सि जिनपिङ-किम जाेङ उन भेटवार्ताकाे एेतिहासिक सन्देश

याे पनि पढ्नुहाेस्ः  कमरेड माअाेकाे पहिलाे पेकिङ यात्रा

याे पनि पढ्नुहाेस्ः माेदीनाेमिक्सः नवउदारवादी अर्थशास्त्रकाे भारतीय संस्करण