विगत केही वर्षदेखि विश्वव्यवस्थामा ठुलो हलचल भइरहेको छ । नयाँ प्रविधिकहरूको विकास, वातावरणीय विकास, महामारी, महामारीको प्रकोप रोक्नका लागि खोप उपलब्ध गराउने र जनतालाई सुरक्षित राख्ने कामहरू भइरहेको छ भने राजननीतिक र आर्थिक रूपमा पनि ठुला हलचलहरू विश्वका मुलुकहरूमा भइरहेका छन् ।
सन् ११९९० मा सोभियत संघको पतन भएदेखि आर्थिक, सामाजिक, राजनीतिक प्राविधिक कूटनीतिक, सामारिक रूपले संयुक्त राज्य अमेरिका पहिलो भई अमेरिकाकेन्द्रित विश्वव्यवस्था कायम भइरहेको थियो । तर पछिल्लो समयमा भने यो अवस्था रहेको छन् ।
प्रविधिको क्षेत्रमा कटिङ इज टेक्नोलोजीजस्तै क्वान्टम कम्युनिकेसन, क्वाण्टम स्याटलाइट, क्वान्टम कम्प्युटिङ, थ्री डी प्रिण्टिङ, सिक्स जी, हाईपरलुप, साइवरनेटिक्स्, वायोलोजिकल रोबोटिक्स, ब्लक चेन, क्लाउड कम्प्युटिङ, सुपर कन्डक्टर, थर्मो डाइनामिक्स, न्युक्लियर फ्युजन, क्रायोनिक्स, सुपर कम्प्युटर, सुपर कन्डक्टर, मिसाइल टेक्नोलोजी, एआई म्यकलेभ जस्ता क्षेत्रहरूमा मित्रराष्ट्र चीन एक नम्बरको राष्ट्रको रूपमा उदाएको छ ।
क्वान्टम स्याटेलाइट त उसले सफल प्रक्षेपण गरी कम्युनिकेसनको क्षेत्रमा अमेरिकाभन्दा दशकौँअघि बढिसकेको छ । थर्मो डाइनामिक्समा त सूर्यभन्दा पाँच गुना तातो सूर्यको सफल निर्माण गरी आफ्नो बर्चस्व कायम गरिसकिको छ भने चिनियाँ सुपर कम्प्युटर अमेरिकी सुपर कम्प्युटरभन्दा करिब करिब ३० वर्षले अगाडि छ । एआईमा आज चीन आज संसारमा सबभन्दा अग्रणी राष्ट्र बनेको तथ्य कसैबाट लुकेको छैन । न्युक्लियर फ्युजनमा चीनको अग्रता पनि कायम भइसकेको छ । यातायातको गतिमा चीनको म्याक्लेभलाई जित्ने कुनै जमिनी साधन छैन किनकि म्याकलेभको गति म्याक १ भन्दा बढी छ अर्थात आवाजको गतिभन्दा म्याकलेभको गति ज्यादा छ । नयाँ प्राकृतिक साधनहरूजस्तै रियर अर्थ म्याटरियल चीनमा ९० प्रतिशत उत्पादन हुन्छ, जुन म्याटेरियलविना कटिङ इज टेक्नोलोजी संभव छैन । यसरी चीन प्रविधिको क्षेत्रमा नं. १ राष्ट्र बनी सारा आज विश्वका राष्ट्रहरूलाई प्रविधि सिकाउन तल्लिन रहेको छ ।
सामरिक रूपमा हेर्दा चीनले न्युक्लियर फ्युजन रियाक्सन प्रविधिको सफल परीक्षण गरी त्यसबाट परम्परागत आणविक बमभन्दा करिब १०० गुना शक्तिशाली आणविक बमको निर्मण गरी यस प्रविधिको मालिक बनेको छ । जुन प्रविधिमा अमेरिका अहिले पनि परीक्षणकै अवस्थामा छ । चीनको नौसेना अहिलेको अवस्थामा एक नम्बरको नौ सेनाहरू बनी विश्वका सबै समुन्द्रहरूमा गस्ति गरिरहेका छन् । चिनियाँ वायु सेनामा अब अमेरिकी युद्धक विमान (एफ-३५) जस्तै स्टिल्थ टेक्नोलोजीले लैस (जे-२२) जस्ता विमानहरू रहेका छन् । जुन विमानहरू गति र मारक क्षमतामा अमेरिकी अत्याधुनिक (एफ-३५) विमानभन्दा कम छैनन् । अर्थात, वायुसेनाको रूपमा चीनले आफूलाई महाशक्तिको रूपमा उभ्याइसकेको छ । थलसेना त चीनको सबैभन्दा ठुलो र यसका लजिस्टिकहरू सबैभन्दा धेरै र अत्याधुनिक रहेका छन् ।
एण्टि-स्याटलाइट मिसाइल टेक्नोलोजीमा चीनले अमेरिकाले भन्दा धेरै प्रगति गरिसकेको छ । एण्टि-स्याटलाइट मिसाइल चीनले अमेरिकाले भन्दा पनि विकसित गरी पृथ्वीको आउटरमोष्ट अर्विटमा भएको स्याटलाइटहरूलाई पनि खसाली दिनसक्ने क्षमताका एण्टि-स्याटलाइट मिसाइलहरू उत्पादन गरिसकेको छ । मल्टिपल वारहेड मिसाइल उत्पादनमा चीन पनि रुस र अमेरिकाको हाराहारीमा उभिइसकेको छ । अन्तरिक्ष प्रविधिमा पनि चीनले अभूतपूर्व विकास गर्दै आफ्नै अन्तरिक्ष स्टेसनको निर्माण कार्य अघि बढाई केही वर्षमा नै यसतर्फ सक्षम हुनसक्ने जनाएको छ । अर्थात् सामरिक रूपमा पनि चीन एक महाशक्तिको रूपमा आगाडि आइसकेको छ ।
मित्रराष्ट्र चीन आजको विश्वमा उत्पादनको केन्द्र नै बनिसकेको छ । करिब करिब उपभोग्य वस्तु र मेसिनहरूको उत्पादन चीनले करिब ७० प्रतिशत गर्दछ । अर्थात् चिनियाँ उत्पादनविनाको विश्वको अब कल्पनासम्म पनि गर्न सकिँदैन । अन्य मुलुकको प्राकृतिक स्रोतहरूको प्रयोग चीनले नगरेमा त्यस्ता मुलुकहरूको आर्थिक अवस्था नै डामाडोल हुने अवस्था आइसकेको छ । अरु त अरु औषधि उत्पादनमा आधारभूतरूपमा प्रयोग हुने वस्तुहरूको उत्पादन चीनले करिब ९० प्रतिशत गर्दछ, यो उत्पादनविना विश्वमा अरु मुलुकहरूले औषधीसम्म पनि उत्पादन गर्न सक्दैनन् । अर्थात्, उपभोग्य वस्तु र मेसिनरी उत्पादनमा चीनको स्थान ज्यादै अघि छ । अर्थात्, उत्पादनकोे क्षेत्रमा चीन एकछत्र राज गर्दै आइरहेको छ ।
शिक्षाको क्षेत्रमा केवल अनुसन्धानमा मात्र चीन आफ्नो जि.डि.पि.को करिब पाँच प्रतिशत खर्च गर्दछ । यही कारणले गर्दा चिनियाँ विश्वविद्यालयहरू नयाँ नयाँ आविस्कारहरूको केन्द्र बनी विश्वभरका उत्कृष्ट दिमागहरूलाई आकर्षित गर्न सफल भइरहेका छन् । प्राविधिक शिक्षाको त कुरै नगरे हुन्छ । जति अमेरिकामा इञ्जिनियरहरू छन्, त्यति इञ्जिनियरहरू त चीनले प्रतिवर्ष उत्पादन गर्दछ । यी सबै कुराको विचार गर्दा चीन विश्वमा शिक्षाको केन्द्र बनिसकेको पुष्टि हुन्छ । अर्थात्, चीन वैश्विक शिक्षामा महाशक्ति राष्ट्रको रूपमा रहेको पुष्टि हुन्छ ।
आर्थिक रूपमा चीनले विगत केही वर्षदेखि अभूतपूर्व आर्थिक वृद्धिदर कायम गर्दै जि.डि.पि. को आधारमा विश्वको एक ठुलो आर्थिक महाशक्तिको रूपमा आफूलाई उभ्याएको छ । प्रतिव्यक्ति क्रयशक्तिको आधारमा त चीन सबैभन्दा ठुलो आर्थिक महाशक्तिको रूपमा उदाई अमेरिकालाई धेरै पछाडि पारिसकेको छ । अर्थात चीन आजको आर्थिक महाशक्ति हो भने कुरामा वैश्विक जनमत विश्वस्त छ ।
अमेरिकाले विश्व वातावरणीय संरक्षण सन्धि “पेरिस प्रोटोकल” बाट हात झिकेपछि यस विश्वलाई वातावरणीय दुष्प्रभावबाट बचाउन पेरिस प्रोटोकलले तोकेका परियोजनाहरूमा अभूतपूर्व रूपले ठुलो लगानी गरी विश्वलाई बचाउने कार्यमा दत्तचित्त भइलागेको छ भने आफ्नो देशमा २०३० सम्म ‘जिरो कार्बन’ भन्ने नीति ल्याई त्यही अनुरूप अगाडि बढेको छ । आफूसँग भएको अमेरिकी डलर ६ ट्रिलियनभन्दा ठुलो मौज्दातलाई विश्वका सबै देशहरूको विकास होस् भन्दै “सँगसँगै समृद्धि” को नारा दिई वर्तमान राष्ट्रपति सी चिनफिङले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) भनी विश्वका धेरै मुलुकहरूलाई यो वैश्विक परियोजनामा सामेल गरी ती देशहरूलाई आफ्नो पूर्वाधारको विकासका लागि ठुलो मात्रामा सहुलियत दरमा ऋण उपलब्ध गराई ठुलो गुन लगाइरहेको छ । ब्रिक्स, सांघाई कर्पोरेसनजस्ता संस्थाहरूको निर्माण गरी विश्वका मुलुकहरूको आर्थिक हितको रक्षामा सहुलियतपूर्ण रुपमा ऋण प्रदान गरिरहेको छ । यसका साथै, अति गरिब राष्ट्रहरूलाई ठुलो धनराशी अनुदानको रूपमा प्रदान गरी अनुदान दिने राष्ट्रहरूको सूचीमा पहिलो नम्बरमा रहन सफल रहेको छ । अर्थात वैश्विक ऋणदाता र अनुदानदाताहरूको रूपमा आफूलाई एक नम्बर राष्ट्रको रूपमा उभ्याई ती राष्ट्रहरूमाथि आफ्नो सफ्टपावर प्रयोग गरी सबैलाई आफ्नो बनाई वैश्विक प्रभाव बढाइसकेको छ ।
कोभिड –१९ महामारीको प्रभाव आफ्नो देशमा न्यून गरी जनतालाई दु:ख हुने र अर्थतन्त्रको विकास अबरुद्ध गर्ने लकडाउन धेरै न्यून रूपमा लगाई आफ्नो अर्थतन्त्र चलायमान राख्दै चीन खोपको निर्माणमा सफल मात्र भएन, विश्वमा धेरै राष्ट्रहरूलाई अनुदानमा भ्याक्सिन दिई आफ्नो विशाल हृदयको परिचय दिन सफल भएको छ । अर्कोतिर अमेरिका, बेलायतजस्ता पश्चिमा मुलुकहरूले आफूलाई चाहिनेभन्दा बढी कोभिड विरुद्धको खोप खरिद गरी स्टक राखी अन्य गरिब राष्ट्रका जनतालाई कोभिड – १९ को संक्रमणले ठुलो संख्यामा हताहत हुन वाध्य बनाए ।
कोभिड – १९ महामारीको उत्कर्षको बेलामा आफ्ना जनतालाई अस्पताल र त्यसको सुविधा दिन चीन सजिलै सक्षम भयो । तर अमेरिकासहित पश्चिमा राष्ट्रहरुमा मानिसहरू सडकमै मरेको, अस्पताल उपलब्ध नभएकोजस्ता दारुण अमानवीय दृश्यहरू देखियो । यसले पश्चिमा मुलुकहरू आफ्नो जनताको स्वास्थ्यप्रति कति अविवेकी र बेवास्ता गर्दछन् भन्ने कुरा प्रमाणित हुन्छ । अर्थात् जनस्वास्थ्यका दृष्टिकोणले पनि चीन संसारकै उत्कृष्ट राष्ट्र हो भनी प्रमाणित भयो ।
यी सबैमाथि उल्लेखित कारणहरूले गर्दा सारा विश्व नै चीन केन्द्रित भएको छ । अर्थात् चीन केन्द्रित नयाँ विश्वव्यवस्थाको उदय भइसकेको छ ।
(लेखक अर्थशास्त्री तथा स्वतन्त्र बुद्धिजीवी मञ्चका महासचिव हुनुहुन्छ ।)