xi Jinping, Chinese president, cpc
 

काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले मार्च १० तारिखमा हुपै प्रान्तीय उहान सहरमा कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण कार्यको निरीक्षण गर्नुभएको छ ।

यही १० तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विमानद्वारा हुपै प्रान्तको उहान सहरमा पुगेर हुपै र वुहानको कोभिड-१९ विरुद्ध जारी कार्यको निरीक्षण गरी अग्रपंक्तिमा रहेका चिकित्साकर्मी, जन मुक्ति सेनाका सिपाही, आधारभूत समुदायका कर्मचारी, प्रहरी, आधारभूत सरकारी कर्मचारी, स्वयंसेवक र नागरिकप्रति सहानुभूति प्रकट गर्नुभएको छ ।

निरीक्षणका क्रममा राष्ट्राध्यक्ष सीले “हुपै र उहान यो महामारी विरूद्ध युद्धको केन्द्र हो” भन्दै “कडा मेहनतपछि हुपै र उहानको महामारी नियन्त्रण स्थिति सक्रिय परिवर्तन प्रवृति देखिएर चरणबद्ध महत्त्वपूर्ण उपलब्धि प्राप्त भएको तर पनि महामारी रोकथाम तथा नियन्त्रण कार्य अझै भारी रहेको” विचार व्यक्त गर्नुभयो । उहाँले यस्तो अवस्थमा अझै त्यसलाई प्राथमिकतामा राखेर नियन्त्रणका विभिन्न ठोस कार्यलाई व्यवहारमा उतार्नुपर्छ भन्दै हुपै र उहानको संरक्षण युद्धको दृढरूपमा जीत गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

राष्ट्राध्यक्ष सीले होशनशान अस्पताल र तुङहुसिनछङ बसोबास कम्युनिटिको निरीक्षण गरी हुपै प्रान्तीय पार्टी समिति तथा सरकारबाट महामारी रोकथाम तथा नियन्त्रणको प्रतिवेदन सुन्नुभयो । उहाँले चिकित्सक उपचार कार्यलाई प्राथमिकतामा राखेर सकेसम्म सफल उपचार दरलाई बढाएर मृत्यु दरलाई घटाउनुपर्ने कुरामा जोड दिनुभयो ।