injurd ex pla
 

काठमाडाै‌ं,  जेठ १५ गते सरकारले तामझामका साथ ११ औं गणतन्त्र दिवस मनाउने तयारी गरेकाे छ तर गणतन्त्र दिवसको पूर्व सन्ध्यामा साेही गणतन्त्र प्राप्तिका लागि लड्ने घाइते तथा अपांगहरुलाई भने प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको छ ।

गृह मन्त्रालयको मौखिक जाहेरीका आधारमा आइतबार बेलुकि साढे चार बजे मन्त्रालय हाताबाट ११ जना घाइते पूर्व जनमुक्ति सेनालाई गिरफ्तार गरी अनामनगर प्रहरी वृत्तमा राखिएकाे छ । गिरफ्तार पर्नेहरुमा युद्धका घाइते युवराज विक, मानबहादुर सहकारी, ज्ञानबहादुर रोकाय, प्रेम अधिकारी, निराजन कार्की, बुद्धिमान घर्ती, धर्मानन्द न्यौपाने, इन्द्रा तामाङ्ग, शोभा घिमिरे, वीरबहादुर परियार र जयराम चौधरी रहेका छन् ।

यस्तो छ गृहको मौखिक जाहेरी

आज मिति २ महिना १२ गते करिब दिउसो १६.३० बजे गृह मन्त्रालयका सहसचिव इन्दु घिमिरेको कार्यकक्षमा अवरोध पुर्‍याउने तत्कालिन नेकपा (माओवादी) द्वन्द्वकालमा घाइते भएका निम्न व्यक्तिहरुलाई गृह मन्त्रालयको मौखिक आदेश अनुसार सोही मन्त्रालयबाट नियन्त्रणमा लिई यस कार्यालयमा लिई राखिएको छ ।

गृह प्रशासनको रवैया

घाइते अपांग सरोकार संघर्ष समितिका संयोजक युवराज घिमिरेका अनुसार गृह मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको कार्यकक्षमा आज कार्यदलको बैठक बसिरहेको थियो । कार्यदलकी संयोजक समेत रहेकी सहसचिव घिमिरेले कार्यदलसँग सहमति भएको प्रतिवेदन नभई पूरानो प्रतिवेदन पेश गरेकी थिइन् ।

सहसचिव घिमिरेले कार्यदलका सदस्यहरुसँगको राय सुझावमा नभई एकलौटी प्रतिवेदन  पेश गरेको र संयोजक विकले ‘यसमा हाम्रो असहमति छ’ भनेर बाहिर निस्किएका थिए । बाहिर निस्किनासाथ गृहको हाताबाटै उनी लगायत ११ जनाको समुहलाई एक्कासी गिरफ्तार गरिएको थियाे ।

व्यवस्था परिवर्तनकाे सपना देखेर सानै उमेरमा जनयुद्धमा सहभागी भएका  घाइते याेद्धाहरु अहिले कष्टपूर्ण जीवन बिताउँदै राज्यसँग सहयोगको याचनासहित भीख माग्न बाध्य छन् । राज्यबाट पाउनुपर्ने न्यूनतम सुविधा पनि  उनीहरुले पाएका छैनन् ।  उनीहरुले अहिलेसम्म सरकारले दिने अपाङ्ग परिचय पत्र पनि पाउन सकेका छैनन ।  सरकारबाट पाउने सेवा सुविधाबाट उनी पूर्णतया वञ्चित छन् ।

ghaiteka magharu
घाइते याेद्धाका मागहरु

माओवादी जनयुद्धमा घाइते तथा अपाङ्ग भएका धैरैका अनगिन्ति पीडा र समस्या छन् । यो सङ्ख्या यति नै छ भन्ने यकिन छैन । उनीहरू मध्येका केही घाइते तथा अपाङ्ग भएका ६ जना केही महिना अगाडि आफ्ना समस्याप्रति सरकार संवेदनशील नभएको भन्दै माइतीघर मण्डलामा १२ दिन अनसन बसेका थिए ।

मङ्सिर २७ देखी पुस ९ सम्म विभिन्न माग राखी अनसनमा बसेका जनयुद्धका घाइते तथा अपाङ्ग योद्धाहरुले पुस ९ गते अनसन तोडेका थिए । सरकार र अनसनरत योद्धाहरु बिचको ४ बुँदे सहमति भएकाे थियाे ।

सहमतिमा जनयुद्धका गम्भीर घाइते तथा अपाङ्गहरुको तत्काल उपचार गरिने, नेपाल मेडिकल बोर्डले देश बाहिर उपचार गर्न सिफारिस गरेका घाइते, अपाङ्गहरुलाई तत्काल उपचारका लागि पहल गर्ने, घाइते–अपाङ्गहरुको अनशन र उपचारको क्रममा भएको खर्चको बिल भरपाई सरकारले ब्यहोर्ने लगायतका सहमति भएका  थिए ।

सरकार सहमति कार्यान्वयन गर्नुकाे साटाे घाइते याेद्धालाई  गिरफ्तार गरी सहमति ताेड्न खाेजेकाे भन्दै तत्कालिन अवस्थामा अनसन बसेका घाइतेहरुले आपत्ति जनाएका छन् । अनसनरत मध्येका एक नरवीर दमाईले सरकार यसैगरी दमनमा उत्रिए आफूहरु पनि चुप लागेर नबस्ने प्रतिकृया दिएका छन् ।

Agreement
अनसनरत घाइते याेद्धा र गृह मन्त्रालय बीच भएकाे ४ बुँदे सहमति

यस्ता छन् घाइते अपाङ्गहका मागहरु

–गणतन्त्रको सेनानीसहितको घाइते, अपाङ्गता परिचयपत्र राजपत्रमा उल्लेख गरी प्रदान गर्ने ।

–जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरूलाई समय सान्दर्भिक जीवननिर्वाह भत्ताको ग्यारेन्टी गर्नुपर्ने ।

–जनयुद्धको क्रममा घाइते भएका व्यक्तिहरूको पुनः अवलोकन प्रतिशत निर्धारण खारेज गर्नुपर्ने ।

–घाइते तथा अपाङ्ग भएका व्यक्तिहरूलाई औषधि उपचारका लागि तत्काल आर्थिक सहायता दिनुपर्ने ।

–बालबच्चालाई निःशुल्क उच्चशिक्षा र रोजगारीको व्यवस्थाको कुरा सरकारले गरे पनि कार्यान्वयन नभएकाले तत्काल सम्बोधन गर्नुपर्ने ।