काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे आज बसेकाे सचिवालय बैठक सकिएकाे छ । जेठ ३ गते पार्टी एकता प्रकृया टुंगिएकाे घाेषणा गर्ने घाेषणा गरिएकाे सन्दर्भमा बिहिवार बसेकाे सचिवालय बैठकलाइ चासाे पूर्बक हेरिएकाे थियाे ।
बैठकले धेरै जसाे जनवर्गीय संगठनको नेतृत्व टुङ्गो लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे निजी निवास वालुवाटारमा बसेको बैठकले नेकपाका २२ जनवर्गीय संगठन मध्ये धेरैजसोको भागबन्डा टुंग्याएको स्राेतले बताएकाे छ ।
स्रोतका अनुसार विद्यार्थी संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ वा सुरेन्द्र बस्नेत रहने गरी मोटामोटी सहमति गरिएकाे छ । महर तत्कालीन एमाले निकट अखिल र तामाङ तत्कालीन माओवादी निकट विद्यार्थी संगठनका नेता हुनुहुन्छ ।
युवामा रामप्रसाद सापकोटा ‘दिपशीखा’ संयोजक रहने निश्चित भएकाे छ । सहसंयोजकमा भने रमेश पौडेल वा किरण पौडेल मध्ये एकले जिम्मेवारी पाउने स्रोतको दावी छ । दिपशीखा वाइसिएल नेपाल र पौडेल तत्कालीन एमाले निकट युवा संगठनका नेता हुनुहुन्छ ।
महिला संयोजकमा अमृता थापा र सहसंयोजक सीता पौडेलको नाममा सहमति बनेको छ । थापा तत्कालीन माओवादीवाट र पौडेल तत्कालीन एमाले नेतृ रहनुभएकाे छ । यसबाहेक मजदुरमा विनोद श्रेष्ठ संयोजक र जगत सिम्खडा सहसंयोजक रहने सहमति जुटेकाे छ । श्रेष्ठ तत्कालीन एमाले निकट र सिम्खडा तत्कालीन माओवादी निकट मजदुर संगठनका नेता हुनुहुन्छ ।
प्रेस संगठनमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक रहने गरी सहमति जुटाइएको छ । दाहाल तत्कालीन माओवादी र बस्नेत तत्कालीन माओवादी निकट हुनुहुन्छ । बुद्धिजीविमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक रहने सहमति बनेको स्रोतको भनाई छ । देवकोटा तत्कालीन एमाले र केसी तत्कालीन माओवादीका बुद्धिजिवी संगठनका नेता हुनुहुन्छ।
पार्टी एकता गरेकाे एक बर्षको अवसरमा भाेली जेठ ३ गते एक कार्जक्रम आयाेजना गरी जनवर्गीय संगठनका सवै नाम घोषणा गर्ने तयारीमा पार्टी रहेको स्रोतको भनाई छ । नेकपामा यस अघिनै इन्जिनियर, मानवअधिकार र कानुन क्षेत्रका जनसंगठनमा एकता भइसकेको छ । इन्जिनियरको जनवर्गीय संगठनको संयोजकमा तत्कालिन एमालेका शम्भुबहादुर श्रेष्ठ र सहसंयोजकमा तत्कालीन माओवादीका हरि पराजुली चयन हुनुभएकाे छ ।
त्यसैगरी, मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा तत्कालीन एमालेका मीनबहादुर शाही र सहसंयोजकमा माओवादीका हुकुम पोखरेल सर्वसम्मत हुनुभएकाे थियाे। यस्तै, नेपाल कानुन व्यवसायी संगठन संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दीनमणि पोखरेलको नाम सर्वसम्मत सिफारिस भएकाे छ ।
नेकपामा किसान महासंघ, कर्मचारी संगठन, खेलकुद संगठन, सुकुमबासी संगठन, उद्योग व्यवसायी संगठन, भूतपूर्व सैनिक संगठन, जनजाति महासंघ, जनसांस्कृतिक महासंघ, दलित संगठन, उद्योग व्यवसायी संगठन, मुस्लिम संगठन र मधेसी संगठनको पनि नेतृत्व टुंगाउने गरी छलफल भएको छ ।
पोलिटव्यूरो वाँकी नै
नेकपाको विहिबार बसेको सचिवालय बैठकले पोलिटव्यूरो र केन्द्रीय सदस्यको कार्यविभाजन भने टुङ्ग्याउन नसकेकाे स्राेतले बतायाे । जेठ ५ गते अर्को बैठक बसेर यी काम सक्ने नेकपाको तयारी रहेकाे बताइएकाे छ । ‘मिडियामा पोलिटब्यूरोको नाम भनेर पहिला नै बाहिर आयो, त्यो अपुरो थियो ।’ – स्राेतले बतायाे ।
पाेलिटव्यूराेकाे वाँकी काम र केन्द्रीय सदस्यकाे कार्यविभाजन जेठ ५ गते बस्ने बैठकले तय गर्ने स्राेतकाे भनाइ छ ।