Kamala Roka
 

मंसिर २२, काठमाडाैँ । रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यमा बामगठबन्धनकी उमेद्वार कमला रोका विजयी भएकी छन् । नेकपा (माओवादी केन्द्र)की पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री समेत रहेकी रोका संघीय प्रतिनिधि सभामा निर्वाचित हुने पहिलो महिला सदस्य हुन् । उनले १० हजार ४३४ मत ल्याइन भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिशंकर घर्तीले ४ हजार ४०६ मत ल्याएका छन् ।

२०३२ साल पुस १५ गते रुकुमको प्वाँङमा एक किसान परिवारमा जन्मेकी रोका २०४६ सालदेखि राजनीतिमा सरिक भइन भने २०५२ सालदेखि पूर्णकालीन कार्यकर्ता हुँदै भूमिगत राजनीति सुरु गरिन् । त्यतिबेला कक्षा १० मा पढ्दै गरेकी रोका किताब कापी फालेर महान जनयुद्धको बन्दुक उचाल्न हिँडिन् । उनी माओवादीको पहिलो महिला छापामार हुन् । दस वर्षे महान् जनयुद्धमा छापामारको रुपमा उनले ठूला ठूला युद्ध मोर्चाहरुको अग्रभागमा रहेर लडिन् ।

२०५३ सालमा नेकपा (माओवादी)को जिल्ला सदस्य रहेकी रोका २०६१ सालदेखि पार्टी केन्द्रीय सदस्य र हाल नेकपा (माओवादी केन्द्र)की केन्द्रीय पोलिटब्युरो सदस्य छिन् ।