Janardan Sharma
 

२२ मंसिर, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिबालय सदस्य तथा विना विभागीय मन्त्री जनार्दन शर्मा प्रभाकर रुकुम पश्चिमबाट १८हजार ७४३ मतको फराकिलो मतान्तर सहित संघीय प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । बामगठबन्धनका उमेद्वार शर्माले ३४ हजार ४०२ मत पाएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोपालजी जंग शाहले १६ हजार ६५९ मत प्राप्त गरे ।
यसरी नै पश्चिम रुकुमको प्रादेशिक सभा सदस्यमा माओवादी केन्द्रकै रातु कामी र गोपाल शर्मा विजयी भएका छन् । रातु कामीले १६ हजार ८१० मत ल्याएका थिए भने उनका निकटतम् प्रतिस्पर्धी कृष्ण बहादुर रोकायाले ८ हजार ५७७ मत प्राप्त गरेका थिए । त्यसै गरी प्रदेश ख मा १८ हजार ६६० मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका खड्क डाँगीले ८ हजार १२७ मत पाएका थिए ।
पूर्वी रुकुममा पनि संघीय प्रतिनिधि सभा तर्फ माओवादी केन्द्रकी कमला रोका र प्रादेशिक सभा तर्फ तेजबहादुर ओली प्रतीक र पूर्ण घर्ती आयाम निर्वाचित भएका छन् । यसरी दुवै रुकुमका गरेर ६ वटै सिटमा विजय हासिल गर्दै नेकपा (माओवादी केन्द्र)ले क्लिन स्विप गर्न सफल भएको छ ।