Nepali Congress Flag
 

काठमाडौँ । नयाँ संविधानको कार्यान्वयनको एक महत्त्वपूर्ण कार्यभारको रुपमा भर्खरै सम्पन्न भएको आम निर्वाचनमा संघीय प्रतिनिधि सभाका १६५ सिटमा प्रतिस्पर्धा भएको थियो । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बिच चुनावी तालमेल भएपछि सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले बामगठबन्धनका विरुद्ध पूर्वपञ्चहरु, राजावादी, पुनरुत्थानवादी र भारतपरस्त शक्तिहरुसँग तालमेल गरेर दक्षिणपन्थी गठबन्धन निर्माण गरेको थियो ।

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी भएका उप्रधानमन्त्री सहितका सबै मन्त्रीहरुलाई अति क्रुर र अपमानजनक ढंगले गर्दै विना विभागीय बनाउँदै लोकतान्त्रिक मूल्य मान्यताको धज्जी उडाएको थियो ।

कम्युनिस्टहरुलाई अधिनायकवादी भएको आरोप लगाउँदै आफ्नो निर्वाचन अभियान सञ्चालन गरेको दक्षिणपन्थी शक्तिहरुको नेतृत्व गर्ने काँग्रेस हालसम्मको नतिजाको आधारमा तेस्रो पार्टी देखिएको छ । सँधै आफूलाई लोकतन्त्रको संरक्षक ठान्ने काँग्रेसी नेताहरुले यसपटक आफ्नै इज्जत समेत जोगाउन सकेनन् । संघीय प्रतिनिधि सभाका १६५ सिटमध्ये १५३ सिटमा उमेद्वारी दिएको काँग्रेसले जम्मा २१ सिटमा विजय हासिल गर्ने नेताहरुको कारणले काँग्रेसको नाक अलिकति भए पनि जोगिएको छ ।

यी हुन् विजयी भएर काँग्रेसको इज्जत धान्ने नेताहरुः

१. मोरङ २ – मिनेन्द्र रिजाल
२. सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की
३. सुनसरी २ – सिताराम मेहता
४. उदयपुर १ – नारायण खड्का
५. सिरहा १ – प्रदिप गिरी
६. रौतहट २ – अफताब आलम
७. रौतहट ४ – देवप्रसाद तिमल्सेना
८. सप्तरी ४ – तेजुलाल चौधरी
९. बारा १ – उमाकान्त चौधरी
१०. काठमाडौँ १ – प्रकाशमान सिंह
११. काठमाडौं ४ – गगनकुमार थापा
१२. काठमाडौँ ६ – भीमसेनदास प्रधान
१३. काठमाडौँ १० – राजन केसी
१४. रसुवा – मोहन आचार्य
१५. नवलपुर १ – सशांक कोइराला
१६. रुपन्देही ४ – प्रमोदकुमार यादव
१७. रुपन्देही ५ – भरत शाह
१८. नवलपरासी – २ देवेन्द्रराज कँडेल
१९. बर्दिया १ – सञ्जय गौतम
२०. कपिलवस्तु ३ – अभिषेकप्रताप शाह
२१. डडेल्धुरा – शेरबहादुर देउवा