कोबाड गान्धी
 

काठमाडौँ । भारतका वरिष्ठ माओवादी नेता आन्ध्र प्रदेशको बैशाखपट्नम् जेलबाट रिहा भएका छन् । उनी भारतीय माओवादी नेता भएको र माओवादी गतिविधिहरुमा संलग्न भएको अभियोगमा जेल चलान गरिएका थिए । उनी भारतका विभिन्न जेलहरुमा गरी ८ साल २ महिना बन्दी जीवन बिताएर डिसेम्बर १३ मा रिहा भएका हुन् ।

कोबाड गान्धी
कोबाड गान्धी

६८ वर्षीय कोबाड गान्धी माथि देशको राजधानी शहर दिल्लीमा प्रतिबन्धित भारतीय कम्युनिस्ट पार्टी (माओवादी)को नेटवर्क स्थापना गर्ने कार्यमा संलग्न भएको आरोप लगाइएको थियो । उनलाई भारतको राजधानी नयाँ दिल्लीमा क्यान्सरको उपचार गराइरहेका कोबाडलाई २० सेप्टेम्बर, २००९ मा गिरफ्तार गरिएको थियो । उनको गिरफ्तारी पश्चात प्रहरीले उनलाई भाकपा (माओवादी)का गतिविधिहरुलाई बढाउनका लागि दिल्लीमा बसेको र सो काममा उनका एक सहयोगी राजेन्द्र कुमारले सहयोग गरेको अभियोग लगाइएको थियो । राजेन्द्र कुमारलाई पनि सोही मुद्दामा १९ मार्च, २०१० मा गिरफ्तार गरिएको थियो ।

माअाेवादी विचारक कोबाड गान्धीले प्रतिष्ठित दून स्कूल र मुम्बईको सेन्ट जेभियर्स कलेजबाट शिक्षाप्राप्त व्यक्ति हुन् । उनीमाथि देशका विभिन्न भागहरुमा अपराध र आतंकवादी गतिविधि गरेको भन्दै करिब २० वटा मुद्दाहरु दर्ता गरिएका थिए । कोबाड गान्धीको गिरफ्तारीले एउटा सम्पन्न घरको मानिस कसरी गढचिरौली जंगलसम्म पुग्यो र किन यस्तो बाटो छनौट गर्यो भन्ने विषयमा बहस चलेको थियो ।
परन्तु यसबाट माओवादी विचारक कोबाड गान्धीलाई दिल्लीको एउटा अदालतले ३ महिनाको धरौटीमा २०१५ मा रिहा गरेको थियो । अदालतले भनेको थियो कि कोबाड गान्धी विभिन्न रोगहरुले ग्रस्त छन् । जेल गएपछि उनको अवस्था दिनप्रतिदिन खराब हुँदै गएको थियो ।

प्रहरीको अनुसार कोबाड गान्धी अरबिन्द, सलिम, कमल र आजाद जस्ता कयौँ उपनामहरुका प्रयोग गर्दथे । अगस्त २००५ मा काँग्रेसका पूर्वविधायक चित्तम नरसी रेड्डीको हत्याको अभियोगमा उनी माथि मुद्दा दर्ता गरिएको थियो । यो वर्ष ४ अप्रिलदेखि कोबाड बैशाखपट्नम जेलमा सजायँ काटिरहेका थिए । त्यो भन्दा पहिले उनले दिल्लीको तिहाड जेलमा सात वर्ष बिताएका थिए । भारतबाट प्रकाशित हुने जनज्वार डट कममा समाचार छ ।