क. प्रचण्ड
 

काठमाडौँ । माघे सङ्क्रान्ति र माघीको उपलक्ष्यमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले स्वदेश र विदेशमा रहनुभएका आम नेपाली जनसमुदायलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भनेका छन् – “नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।”

“माघे संक्रान्ति र माघी पर्वले सबै जात, जाति, भाषा, संस्कृति र समुदायबीच आपसी सद्भाव र राष्ट्रिय एकता बलियो पार्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै राजनीतिक स्थिरता, सुशासन र समृद्धिको राजनीतिक यात्रामा सम्पूर्ण नेपालीहरुमा सहयोग र सहकार्यका लागि अपील गर्दछु,” शुभकामना सन्देशमा उल्लेख छ ।