Chairman Prachanda met Prof. Dr. Manik Lal Shrestha in Medicity Hospital
 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम बुद्धिजीवी  तथा साम्राज्यवाद विरोधी मञ्चका पूर्व संयोजक प्रा. डा. माणिकलाल श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।

आफ्नो स्वास्थ्यमा समस्या आएपछि प्रा. डा. श्रेष्ठ ललितपुरस्थित मेडीसिटी अस्पतालमा चार दिनदेखि उपचारत हुनुहुन्छ ।

अध्यक्ष प्रचण्डले हिजो प्रा. डा. श्रेष्ठलाई अस्पतालमै पुगेर भेट्नुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको उहाँको स्वकीय सचिवालयका प्रमुख जोखबहादुर महराले जानकारी दिनुभयो । चिसोका कारण निमोनिया भएपछि प्रा. डा. श्रेष्ठ अस्पताल भर्ना हुनुभएको हो ।

अध्यक्ष प्रचण्डले प्रा. डा. श्रेष्ठको स्वास्थ्योपचारमा संलग्न चिकित्सकहरुसँग आवश्यक परामर्शसमेत गर्नुभएको थियो ।