काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को आर्थिक सर्वेक्षण प्रतिवेदन संसदमा प्रस्तुत गरेका छन् । सोमबार संसदमा प्रतिवेदन प्रस्तुत गर्दै खतिवडाले मुलुकको अर्थतन्त्रको अवस्था उत्साहजनक भएको समेत बताएका छन् ।

मन्त्री खतिवडाले राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा आएको सुधार, विद्युतको नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासका गतिविधिहरु अघि बढेको कारण समग्र अर्थतन्त्र उच्च आर्थिक वृद्धिको बाटोमा अघि बढेको बताएका छन्। चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान गरिएको र यसवर्षको फागुन मसान्तसम्ममा औसत मुद्रास्फीति ४ दशलमव २ प्रतिशत रहेको उनको भनाइ छ।

अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस् ।