मक्का, साउदी अरब । नेपाल हज समितिले समशेर मियाँको नेतृत्वमा आज साउदी अरब हज मन्त्रालयका कार्यवाहक मन्त्री डा. हसन अल शरीफलाई भेटघाट गरेको छ ।
मक्कास्थित हज मन्त्रालयमा हज समितिका प्रतिनिधिहरूले मन्त्री शरीफलाई भेटेर आगामी हज-२०२० देखि नेपाली हज यात्रीको कोटा दुई हजार पुर्याइदिन अनुरोध गरेको छ ।
नेपाल हज समितिका अध्यक्ष समशेर मियाँले मन्त्री शरीफलाई अन्तिम समयमा नेपालका लागि तीन सय कोटा थपेकोमा धन्यवाद दिँदै नेपालको भ्रमण गर्न अनौपचारिक निम्तो दिएका छन् ।
मन्त्री शरीफले अब नेपालको कोटा स्थायी रूपमा थप्न हामी गम्भीर रहेको बताए । उनले, “बढीभन्दा बढी नेपालीहरूलाई उमरामा ल्याउन हामी इच्छुक रहेको” बताए ।
मन्त्रीसँगको भेटघाटमा पूर्व राज्यमन्त्री जाकिर हुसैन, हज समितिका सदस्य नजिबुल्लाह अन्सारी, मोहम्मद फाजिलले पनि नेपाली हाजीको कोटा बढाउने विषयमा प्रकाश पारे ।