चितवनमा एकाबिहानै शालिकराम पुडासैनीको पक्षमा विशाल जुलुश, Shalik-ram-pudasaini-julush-chitwan
 

चितवन । माउन्टेन टिभिका पत्रकार शालिकराम पुडासैनी को आत्महत्या प्रकरणमा स्वतन्त्र छानबिन गर्न र न्याय दिलाउन भन्दै शनिवार बिहानै चितवनका युवाहरूले प्लेकार्ड सहित विशाल जुलुश निकालेका छन् ।

पुडासैनीले आत्महत्या अघि बनाएको सुसाइड भिडियोमा न्युज २४ का पत्रकार रवि लामिछानेले आफूलाई मर्न वाध्य पारेको बताएपछि अनुसन्धानका लागि पत्रकार लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई बिहिवार राति प्रहरीले पक्राउ गरी चितवन पुर्‍याएको छ ।

शुक्रवार दिनभर लामिछानेका समर्थकका नाममा कांग्रेस र केही राजावादीहरूले चितवनमा लामिछानेमाथि छानविन गर्न नपाइने भन्दै नारा जुलुश गरे ।

शनिवार बिहानै चितवनका स्थानीय युवाहरूले कानुनतः छानविन गर्नुपर्ने, पुडासैनीलाई न्याय दिलाउनुपर्ने भन्दै प्लेकार्डसहित चितवनको चौबिसकोठीबाट जिल्ला प्रहरी कार्यालयसम्म जुलुश निकालेका छन् ।