म सेक्युरिटी अफिस चलाएर बसिराखेको बेलामाा केही वर्षअगाडि युवराज कँडेलसँग भेट भयो । उसले मलाई न्यूज २४ मा तान्न कोशिस गर्यो । जान्न भने, केही भिडियोहरू मोबाइलमा खिचेको थिएँ ।
रवि दाइ, दिपक दाइले कर गरे । यत्रो विजिनेस छ, गर्दिन भनेँ । महिनाको १ डेढ लाख कमाएको थिएँ । धेरै प्रेसर गरेपछि गरौँ न त भनेँ । पार्ट टाईम गर्न थाले । महिनाको जम्मा १५ हजार दिए । ठिकै छ भनेर काम गर्न थाले । त्यसपछि मलाई फुल टाईम गर्नपर्छ भनेर प्रेशर गर्न थालियो । सिद्धार्थ बैंकमा त्यत्रो ऋण थियो । अहिले पनि छ त्यो कसरी तिर्नु होला । म पहिलानै त्यो युनिटका कारण डिप्रेसनमा पुगिसकेको थिएँ । त्यसपछि मैले अफिस छोडेँ । म गलत थिइन । अफिस छोड्ने बेला रवि दाइ र दिपक दाइले बोलाउथे । मलाइ कति दुःख दिए । दीपक दाइले पाट्टपिट्ट गर्थे । कति पटक मलाई लुगामा समाएर तान्थे, घोक्राउँथे, दुनियाँथरी भन्थे ।
‘जनतासँंग सिधा कुरा’को दम्भ यत्ति थियो । कतिलाई बिनाकारण दोष लगाएर न्युज बनाउने । मलाई पनि ‘त्यसै गर्’ भनियो । जोसँग रिस उठेको छ, त्यसैलाई सिध्याउँथे । व्यक्तिगत रिसिबी टिभिमा ल्याएर देखाउँथे । मलाई पनि ‘त्यसै गर्’ भनियो । जोसँग रिस उठ्यो त्यसैलाई सिध्याउने । पछि हुँदै गएपछि स्यालरी बढाउँछु भने । मेरो जम्मा १८ हजार पुर्याए । बैंकको किस्ता १८ हजार ५ सय हाल्नुपर्ने थियो । अनि कहाँबाट ल्याएर हाल्ने ? दिनरात काममा घोटिनुपर्ने । अनि म त्यहाँ टिक्नै नसक्ने हुन थालेँ । त्यसपछि जहिल्यै टर्चर गर्न थाले । ऋण गरेर किस्ता हाल्न थालें । जसोतसो मैले तलब बढाउन धेरै भने । तर अत्याधिक टर्चर हुन थाल्यो ।
रवि दाइले यति काम लगाउँथे । तर तलब कहिल्यै बढाएनन् । अती दुःख गरें । थोत्रो बाइक दिएको थियो । महिनाको ४-५ हजार खर्च हुन्थ्यो । लास्ट दुई महिना साढे १९ हजार भयो । कोठाको भाडा, मैले पेट पाल्नुपर्ने, बाईक खर्च हुन्थ्यो । नछोड नछोड, छोडिस भने तँलाई सिध्याई दिन्छौं भने ।
मलाई त्यहाँ काम गर्ने क्याबिन थिएन । कम्प्युटर थिएन । युवराजको कम्प्युटरमा लक लगाइदिन्थ्यो । माथि गएर काम गर्थे । त्यसपछि म छोड्ने निर्णयमा पुगें । तर युवराज र दिपक दाइले नछोड, बरु अष्ट्रेलिया पठाइदिन्छु भने । एउटा केटी मिलाई दिन्छु भनें । युवराजले अस्मिता कार्की भन्ने जोडाई दियो । अनि हामी नजिकिन थाल्यौं । सबै कुरा हुन थाल्यो । उसले हरेक सानो काम पनि मलाई लगाउँथी । त्यसपछि उसले मलाई हेप्न थाली । तँ-तँ र म-म गरी, खाते भन्न थाली । त्यसपछि म उसँग टाढिएँ ।
त्यसपछि म माउन्टेन टिभिमा जोडिए । त्यसपछि युवराजले तँ फसिस् भने । ठिकै छ भने । उनीहरुले युवराज र रवि दाइ मिलेर मलाई फसाउने प्लान बनाएका रहेछन् । मलाई फसाउँदैछन् भन्ने सबैतिरबाट थाहा पाएँ । सबै साथीहरुले शालिक तपाईं फसाउँदैछन् भने । त्यसपछि मैले यो डिसिजन लिएँ ।
मलाई माफ गर सम्झना । करोडौंको सम्पत्ति छ मैले जोडे । …तर…म रातभरी रातभरी .. । तर रवि लामिछाने… दुनियाँलाई थर्काएको छ । मलाई भनिस् भने मारिदिन्छु भन्थ्यो । तर याद गर तिमीलाई एकदिन पोल्छ । तिमीजस्तो भ्रष्ट अरुको प्रगति देख्न नसक्ने ।
रविका अन्धभक्तहरुले ठिक छ भन्लान् । रवि आफू पैसा लिँदैन । उसले ‘वेलकम एडभर्टाइजिङ मिडिया’ मार्फत लिन्छ । करोडौं असुलेका छौ रवि तिमीले । तिमीलाई नेपालको कानून अनुसार कारबाही होस् । मलाई मर्न बाध्य पार्ने तिमी हौ ।
अस्मिता कार्की, अहिले विपी स्मृति अस्पतालमा काम गर्छे । रवि, युवराज कँडेल हो मलाई मार्न बाध्य पार्ने । दीपक दाइको दोष छैन । उनीहरुलाई नेपालमा कानून बन्यो भने फाँसी दिए हुन्थ्यो ।
(२०७६ साउन २० गते चितवनको नारायणगढस्थित एक होटलमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नु अगाडि खिचेको भिडियोमा व्यक्त विचारको सम्पादित अंश । स्रोतः नेपाल आज)