गोरखा । प्रतिनिधि सभाका सांसद चुडामणि खड्काले ‘सुखी नेपाली र समृद्ध नेपाल’ योजना साकार पार्ने बताएका छन् ।
गोरखामा अनाथ बालबालिकाकहरुको लागि सहयोगार्थ लियो क्ल अफ गोरखाद्वारा आयोजित गाईजात्रा कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खड्काले उक्त कुरा बताएका हुन् ।
केन्द्रीकृत राज्य सत्ताको विघटन गरी प्रदेश र स्थानीय तहको सत्ताको अभ्यासका क्रममा केही कमी कमजोरीहरु हुन गएको बताए । केही सीमा र कमजोरीबाट कोही पनि नआत्तिकन धैर्यपूर्वक हाम्रो पार्टीको नेतृत्वमा बनेको सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल‘ भन्ने जुन नारा दिएको छ, त्यो नारालाई व्यवहारमा साकार पार्नको नीम्ति हामी दृढतापूर्वक अगाडि बढिरहेको उनले बताए ।
गोरखा हिजो आफ्नो ढंगले परिचित रहेको थियो । अब फेरि ‘हाम्रो गोरखा, राम्रो गोरखा’ बनाउने क्रममा अर्को नयाँ आयम थपेर नयाँ परिचय दिनुपर्ने, नयाँ सन्देश दिनुपर्ने, इतिहासको त्यो घडीमा आएको सांसद खड्काले बताए । अहिले संघीय लोकतन्त्र, गणतन्त्र संगठित समानुपातिक, समावेशी, धर्मनिरपेक्षता संगठित गरिसकेपछि हिजोका परिवर्तन विरोधीहरुले फेरी विभिन्न खाले चलखेल गर्नु गलत रहेको उनको भनाई छ ।
हामीले देखेका छौँ, हिजो शान्ति प्रक्रियामा हामीलाई झुक्याइयो भन्नेहरु र संविधान सभाबाट संविधान जारी गर्दा विरोध गर्ने शक्तिहरु एउटै ठाउँमा आएर अहिले संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति प्रक्रिया र कम्युनिस्ट पार्टीमाथि केन्द्रित ढंगले राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको योजनामा आक्रमण गरिहेका छन् । यो आक्रमणलाई हामी उत्पीडित नेपालीहरुले र आम नेपालीहरुले प्रतिरोध गरेर अगाडि बढ्नुको विकल्प नभएको उनले बताए । संविधान सभाबाट भएको उपलब्धिको जगमा टेकेर समाजवाद ल्याउनुपर्ने खड्काको भनाई छ ।
समाजवाद ल्याउने क्रममा केही खतराहरु देखिएको तर्फ संकेत गर्दै केही, मानिसहरु कुनामा बसेर परिवर्तनको विरुद्ध, जनता र राष्ट्का विरुद्ध षड्यन्त्रहरु गरिरहेको बताउँदै षड्यन्त्रका विरुद्ध सम्पूर्ण गोरखाली जनता एकजुट भएर प्रतिरोधगर्दै अहिले हामीले हासिल गरेको उपलब्धिलाई संस्थागतगर्दै नयाँ समाजवादी यात्रामा अगाडि बढ्न आव्हान गरेका छन् ।
जनताको प्रतिनिधि भएको कारण गोरखाको शिक्षा, स्वास्थ्य, पर्यटन लगायत आर्थिक, सामाजिक, राजनैतिक विकासमा आफ्नो स्थानबाट सहयोग गर्न कुनै कसर बाँकी नराख्ने बताए । गोरखा जिल्लालाई कृषि, धार्मिक पर्यटनका माध्यमबाट माथि उठाईने उनले बताए । गोरखा जिल्लाको पर्यटन क्षेत्रलाई नयाँ उचाई हासिल गर्नेमा दुई मत नभएको उनको भनाई छ । यसबाट गोरखा जिल्ला सदरमुकाम र ग्रामिण क्षेत्रको आर्थिक, सामाजिक पक्षमा नयाँ ढंगले उठाउने र विकास गर्ने उनले बताए ।
युवाहरुले , राज्यको दायित्वलाई आफ्नो अभिभाराको रुपमालिएर अनाथ बालबालिकाहरुको हितमा जुन काम गर्नुभयो यो असाध्यै अनुकरणीय रहेको उनले बताए ।
कार्यक्रममा कलाकारहरु शान्तिश्री नेपाली, दीपसागर थापा, हरिराम परियार लगायतले आफ्ना कला प्रस्तुति गरेका थिए । कार्यक्रम लियो क्लब अफ गोरखाका अध्यक्ष विदुर भट्टराईको सभापतित्व र सचिव बालकृष्ण परियारको सञ्चालनमा भएको थियो ।