काठमाडाैँ । कार्ल मार्क्स द्विशतवार्षिकी मूल समाराेह समितिकाे आयाेजनामा २०१ औँ कार्ल मार्क्स जन्म जयन्ती भव्य रूपमा मनाइने भएकाे छ ।
राजधानीकाे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानकाे सभा हलमा आयाेजना गरिने समाराेहलाई नेकपाका अध्यक्ष प्रचण्ड, पार्टीका वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरू राम कार्की, घनश्याम भुसाल लगायतले सम्बोधन गर्ने प्रचार प्रसार समितिका संयाेजक विजय पाैडेलले जानकारी दिनुभयाे ।
पाैडेलले कार्ल मार्क्सकाे सम्मानमा आयाेजित उक्त समाराेहलाई भव्य बनाउन सबैलाई आग्रह गर्नुभएकाे छ । भाेलि दिउँसाे २ बजेदेखि हुने उक्त कार्यक्रममा उपस्थितिका लागि सबैलाई हार्दिक अपील गरिएकाे आयाेजकले जनाएकाे छ ।