काठमाडौँ । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. १२ को फिरफिरेमा नेकपा (एमाले) र नेपाली काङ्ग्रेस परित्याग गरी ३५० जनाभन्दा धेरै राजनीतिक कार्यकर्ताहरू नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नुभएको छ ।
शुक्लागण्डकी वडा नं. १२ का नेकपा (एमाले) वडा कमिटी उपाध्यक्ष भुवन गुरुङको नेतृत्वमा वडा कमिटी सदस्यहरु क्याप्टेन सोमबहादुर गुरुङ, विगत १७ वर्षदेखि गाउँकमिटी सदस्य हुँदै हाल वडा कमिटी सदस्य बन्नुभएका रेमबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, खुमप्रसाद गुरुङ, छविलाल गुरुङ लगायतका पदाधिकारीहरु र कार्यकर्ताहरु पुरानो पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नुभएको हो ।
नवप्रवेशी कार्यकर्ताहरुलाई नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य, पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य क. देव गुरुङले अबिर-टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको हो । उहाँले नवप्रवेशीहरूलाई संबोधन गर्दै सबैलाई सम्मानजनक जिम्मेवारी दिइने र पार्टीको काममा खटाइने बताउँदै अब माओवादी केन्द्रको नेतृत्वमा मात्रै यो देश राम्री अगाडि बढ्न सक्ने र विकास निर्माण संभव हुने बताउनु भएको छ । उहाँले अरू शक्तिले जनताको भोटको दुरूपयोग गरेर भ्रष्टाचार गर्ने र अकुत सम्पत्ति आर्जन गर्ने, देशलाई विदेशीको पाउमा सुम्पन खोजेको बताउनुभयो ।
एकै पटक नेपाली काङ्ग्रेस र नेकपा (एमाले) पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि शुक्लागण्डकी नगरपालिकामा ती पार्टीहरूले ठुलो धक्काको महसुस गरेका छन् भने नेकपा (माओवादी केन्द्र) मा नयाँ उत्साह थपिएको छ ।