प्रचण्ड, puspa kamal dahal, chairman prachanda,
 

काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बागलुङको ढोरपाटन –९ को सुकुर्दुङ खोलामा आएको बाढीबाट जनधनको क्षति भएको घटनाले आफू स्तब्ध भएको बताउनु भएको छ ।

अध्यक्ष प्रचण्डले आज ट्विटमार्फत सो घटनामा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । बुधबार राति परेको अविरल वर्षाका कारण ढोरपाटन को सुकुर्दुङ खोलामा आएको बाढीले बगाउँदा १२ जनाको ज्यान गएको छ भने ४१ जना बेपत्ता भएका छन् ।

अध्यक्ष प्रचण्डले बाढीमा बेपत्ता भएकाहरूको खोजी र उद्धार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, समाजसेवीलगायत सबैमा आह्वान गर्नुभएको छ । उनले बाढीमा परी निधन, बेपत्ता तथा विस्थापित परिवारजनलाई उचित क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षणसमेत गराउनु भएको छ ।