दुलोभित्रको मुसालाई बाहिर निकालेर खान साधुको पहिरन गरेर काशी जाने भ्रम पारे पनि अन्ततः मुसा खाएरै सिध्याउँछ।
अघिल्लो कार्यकालमा पहिलो पटक प्रधानमन्त्री सम्हालेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएर नेपालको संसदलाई सम्बोधन गरे । उनको भाषणले नेपालका धेरै मानिसलाई “भारत लाई हेर्ने दृष्टिकोण” बदल्नुपर्नेसम्मको सोचमा पुर्यायो । केही बुद्धिजीवीहरु त “अब भारतलाई परम्परागत रुपले हेर्न नहुने” भन्दै भारत अब रुपान्तरण भइसकेको तर्क गरे भने केहीले “यो मोदोको भ्रमजाल हुनसक्ने र सावधानीपूर्ण ढंगले व्यवहार गर्नुपर्छ ।”
भारतीय प्रम मोदीले नेपाली संसदमा बोलेका आफ्ना वाक्यहरू कानबाट नहराउँदै आफ्नो “साधु बिरालो”को रुप देखाइछाडे। आफ्नो इतिहास भुलेर भारतले यति नक्शा प्रकाशित गर्ने नाममा नेपालको भू-भाग आफ्नो नक्शामा राखेर अनावश्यक बखेडा निकाल्यो । भारतको यो हस्क्षेपकारी दादागिरी कुनै पनि स्वाभिमानी, देशभक्त नेपालीलाई पाच्य र सह्य हुँदैन । यसो त भारत आफै भन्छ, “भारत के मन मे नेपाल कि विदेश कि नहिँ वह तो बुद्ध कि जन्मस्थलि, वहाँ रहने वाले हमारे जैसे दिख्ते है । रोटि बेटी के पारम्परिक रिस्ते सदियौं पुराने है !” (भारत नेपाल सम्बन्ध ) ।
यतिबेला भारतले फेरि एकपटक आफ्ना मान्यताकाे उलंघन गरेकाे छ । भू-परिवेष्ठित नेपालका कतिपय जटिलताकाे नाजयज फाइदा उठाएर नाकाबन्दी गरी समस्या खडा गरेकाे विगत छँदैछ भने बेलाबेलामा सीमा मिच्नेदेखि सीमावर्ती नेपालीलाई सताउँदै आएकाे छ । यतिबेला भारतले अन्तर्राष्ट्रिय कानुन्, मूल्य-मान्यता र सन्धि-सम्झाैताकाे गम्भिर उलंघन गरेकाे छ ।
यसाे त भारत निर्माणकाे इतिहास धेरै लामाे छैन, जति नेपालकाे छ । जनपदकालीन अवस्थामा रहेकाे आजकाे भारत प्रथम र द्वितीय साम्राज्यकालमा समेत भारत बनिसकेकाे थिएन । अंग्रेजकाे आगमनपछि मात्र एकीकरण सुरु भयाे । योगी नरहरिनाथले भन्नुभएको छ, “अंग्रेजले मुगल, मराठ, सिख र गाेरखा यी चार शक्तिसँग लडेर इण्डिया बनायाे ।” याेगी नरहरिनाथ अगाडि लेख्नु हुन्छ, “दार्जिलिङ मात्र हाेइन कामरुपसम्म नेपाल हाे।” १८१५ मा भक्ति थापाकाे विरगति र बम शाहकाे आत्मसमर्पणपछि सतलजपारिकाे भू-भाग इष्ट इण्डिया कम्पनीकाे अधीन गएकाे भनिएकाे छ । भारतले आधारमा लिपुलेक लगायत नेपालकाे भू-भाग आफ्नाे नक्सामा राख्याे ?
अर्काे कुरा सन्धिमा जुनसुकै कुरा लेखिएकाे भएता पनि अंग्रेजले भारत छाेड्दा सन१९४७ मा “आ-आफ्नो सीमा सम्हालेर बस्नु” भन्दै १९४७ अगस्त १५ तारिख राति १२बजेर १ मिनेट जाँदा सही गरेर गएको भनिएकाे छ । उक्त पत्रले त्यस पहिलेका सन्धि-सम्झाैता सबै खारेज हुन्छन् । तर भारतले याे विषय अन्देखा गरी नेपाली भू-भाग फिर्ता गरेन । उल्टाे आफ्नै मुलुक “नयाँ मुलुक”काे रुपमा प्राप्त हुँदा आजकाे उत्तर प्रदेशमा थुप्रै भू-भाग पचाइसक्याे ।
याे भारतीय शासकहरुकाे चारित्रिक बिशेषता हाे । तर हामीले आफ्नाे कम्जाेरी खाेज्दै सच्याउने र आफ्नाे सुरक्षाकाे तयारीमा विशेष जाेड दिनुपर्छ । पहिलाे कुरा, सन् १९६२ मा चीन-भारत लँडाइमा नेपालकाे भू-भाग उपयाेग गर्न दिनु हुदैन्थ्याे । दाेस्राे कुरा, युद्धको समाप्तिपछि भारतिय सेना कालापानीबाट तुरुन्त हटाउनु पर्दथ्याे । तेस्राे कुरा, इतिहासका सन्धिहरुकाे समीक्षासहित पुनरावलाेकन गर्नुपर्ने, जाे ढिलाे गरी गणतन्त्र प्राप्तिपछि छलफल चल्याे । भारत आफै भन्छ, “राष्ट्राैं के सम्बन्ध सिर्फ पाैराणिक बुनियाद पर टिकाऊ नहिँ बने रहेते । बर्तमान और भविष्य अतीत से कम नहिँ!” । बदलिएकाे परिवेशमा भारतले नेपालका रणनीति र कार्यनीति पनि बदल्नु जरुरी छ ।
हामीले तत्काल आफ्नाे सिमानामा सुरक्षा व्यवस्था गर्नुपर्छ । (१) सेना र शस्त्रलाई offence-defence मिलाई राखिनुपर्छ। (२) कुटनैतिक पहल गर्नुपर्छ । (३) कानुनी बाटाेकाे तयारी गर्नुपर्छ । (४) दृघकालीन रुपले १८ बर्ष माथिका सबै नागरिकलाई सैन्य तालिम नेपाली सेनाद्वारा गराइनुपर्छ जसले भाे माेर्चाकाे तेस्राे पंक्ति जनताकाे हुनेछ। (५) भारतलेझैँ मा.वि.देखि माथि सबै तहमा राष्ट्रिय रक्षा र सुरक्षाको विषय अनिबार्य पढाउनुपर्ने ।
अन्तमा, नेपाल सरकारले भारतीय हस्तक्षेपका विरुद्ध देशका सबै शक्तिलाई एक ठाउँ ल्याएर समान धारणा कायम गर्न पहल गर्यो । हृदयदेखि धन्यवाद छ । त्यस्तै राष्ट्रिय आपद् र संकट आउँदा एक उभिन सक्ने नेपालका राजनीति पार्टीलाई सलाम छ । भारतको मिचाहा प्रवृत्तिका विरुद्ध आवाज घन्काएर विषयलाई अन्तर्राष्ट्रियकरण गराउने सबै युवा विद्यार्थी सबै देशभक्तहरुमा अभिवादन् । राष्ट्रमा आइपर्ने विपद् र राष्ट्रमा आएका चुनौति एकताबद्ध भएर प्रतिरोध र प्रतिवाद गरौँ । अन्यथा हुँदैन होला !