काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अत्यन्तै निकट रहेर उहाँको जन्मकुडली हेर्ने, उहाँको बारेमा विभिन्न भविष्यवाणीहरू गर्ने र ज्योतिषीय परामर्श दिने ज्योतिषहरूमध्येका एक चर्चित ज्योतिष ओजराज लोहनीले यसपटक आफूले उहाँ सातपटक प्रधानमन्त्री बन्ने भविष्यवाणी नगरेको बताएका छन् । उनले रवि लामिछानेको सिधा कुरा जनतासँग कार्यक्रममा आफूले देउवालाई त्यस्तो नभनेको र अरू कसैले भनेको भए आफूलाई थाहा नभएको बताएका छन् ।
उनले सो कार्यक्रममा टेलिफोन वार्ता गर्दै भने, “म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई के भन्न चाहन्छु भने मैले उहाँलाई सम्माननीय प्रधानमन्त्रीज्यूलाई सातपटक प्रधानमन्त्री बन्नुहुन्छ भनेर भनेको छैन । यो पक्का हो । नम्बर एक । नम्बर दुई चाहिँ पहिले तेस्रो पटक प्रधानमन्त्री बनेपछि मैले तपाईँ फेरि पनि प्रधानमन्त्री बन्नुहुन्छ भनेकै हो । सातपटक-आठपटक भन्ने भनेको छैन । कसैले भनेको भए, होला कोही ज्योतिष ।”
रवि लामिछानेको “के त्यसो भए तपाईँले कहिल्यै प्रधानमन्त्री ज्यूलाई सात पटक प्रधानमन्त्री हुनुहुन्छ भन्नु भएको छैन, त्यसो भए के भन्नु भएको छ त ?” भन्ने प्रश्नको जवाफ दिँदै ज्योतिष लोहनीले थपे, “अहँ कहिल्यै भनेको छैन । पहिले तेस्रो पटक प्रधानमन्त्रीबाट फालिँदा २०६१ सालमा माघमा धैर्य गर्नुस्, तपाईँ फेरि अर्कोपटक प्रधानमन्त्री बन्नुहुन्छ भनेको हो । “\
रवि लामिछानेसँग ज्योतिष ओजराज लोहनीले गरेको कुराकानी युट्युवमा यो भिडियोको ३० मिनेट ४० सेकेण्ड पश्चात रवि लामिछाने र ओजराज लोहनीको वार्ता सुन्न सकिन्छ । यस्तो छ कुराकानीः













