Haribol Gajurel, Ex-Minister for Agriculture Develpment
 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताको रूप राष्ट्रिय भए पनि सार अन्तर्राष्ट्रिय छ ।

अन्तर्राष्ट्रिय अनुभवसहित नेपालमा मार्क्सवादको विशिष्ट प्रयोगमा प्राप्‍त सफलताको पृष्ठभूमिमा दुई ठूला कम्युनिस्ट पार्टी बीच एकता भएको छ। यसभित्र चल्ने बहसमा अन्तर्राष्ट्रिय कम्युनिष्ट र प्रगतिशील अान्दोलनलाई जोड्न सकियो भने नेपालबाट नयाँ विचार विश्वले प्राप्त गर्नेछ ।

यद्यपि यो विचार संश्लेषण निकै चुनौतिपूर्ण छ। वैचारिकरूपमा जड्सुत्रवाद र अनुभववाद, राजनीतिकरूपमा संकीर्णतावाद र उदारतावाद तथा संगठनात्मकरूपमा नोकरशाही र अराजक कार्यशैलीविरूद्ध संघर्षमा सफलता प्राप्त गरेर मात्र यो चुनौतिको सामना गर्न सकिन्छ। कमरेड केपी शर्मा ओली र कमरेड प्रचण्डको जोखिम उठाउन सक्ने क्षमताका कारण यो कष्टसाध्य काम संभव भएको हो ।

यो सहमति पत्रकाे शब्द र भाषा भन्दा पनि यसको अन्तर्वस्तु र भावी सकारात्मक संभावनातर्फ ध्यान दिनु जरूरी छ। यो कष्टसाध्य काम सफल पार्न प्रत्यक्ष र अप्रत्यक्ष भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद र बधाई !