तपाईं त दुब्लाउनु भएछ ।
हो, म दुब्लाएको छु
स्कुल छोडेँ, कापी च्याँते
किताब त आगो लगाइदिएँ
त्यो रापले मलार्इ
चिसोमा न्यानो दिएको थियो ।
हात बजार्ने,
आरन ताउने,
खलाती तान्ने ,
रापिलो शिक्षा थियो मेरो ।
यो रापमा सारा
चिसा रातहरुलार्इ
सेकाइदिइरहेको ।
आमा नयाँ चोली फेरी
हाँस्दै, गोठ तिर लाग्नु भएको
थुनौटो धोएर दुध दुहुने मेसिन
जोड्दै गरेको,
लिटर गनिने झर्दै गर्दा,
जिउने आधार बन्ने शिक्षा
मेरो शिक्षा ।
भाइले ड्रिप सिचाइँमा,
बिरुवाको माग पढिरहेको
कम्प्युटरले पोषण मिलाइरहेको
यसैले आदेश गरिरहेको
शिक्षा, मेरो शिक्षा ।
कस्तो शिक्षा,
मानसपटलमा घुमिरहेको
अनुसन्धान गर्दै ,
शिखर चुमिरहेको ।
ढुँगा पगाल्दै अन्तरीक्ष चहारिरहेको ।
कारखानामा विद्यालय पग्लिरहेको
अटोमेसनमा चलिरहेको
उत्पादनमा हात बडाइरहेको
शिक्षा मेरो शिक्षा ।
मान्छेको आदर गर्ने
खोजरिहेको
बेथिति चिरिरहेको
जीवन जिउने कलासँग गाँसिरहेको
शिक्षा मेरो शिक्षा ।
नदी र नाला, खोला र पहाड
सूर्यसँग कुस्ती खेलिरहेको
उसको तापलार्इ संचित गरेको
बिजूलीको चमकलार्इ
पक्डन सफल बन्ने
शिक्षा, मेरो शिक्षा ।
मेरो अनन्त यात्रा हो,
पाउन बाटो फराकिलो
गर्दै गरेको यात्रा
यही यात्राको आँटिलो
र फुर्तिलो ज्यान हो ।
यो पनि पढ्नुहोस्ः दिदीले छोरो भर्ना गरिन् – क. सुशान्त पाैडेल
यो पनि पढ्नुहोस्ः इयु ! हामी गरिब छौँ, तर लुटेरा हौइनौँ – क. निमानन्द रिजाल
तिन घरे, स्वयम्भु ।
३० जेष्ठ, २०७५