शिव अधिकारी, shiv adhikari darhi, leftist economist
 

कोरोना किन हो चल्यो लहर यो के हुन्छ होला अब
मान्छे त्रासदीको विभत्स नमूना भोगिरहेछन् सब
भन्थे तागतिलो छ है अमेरिका जोरी नखोजी बस
मिसायल प्रहार गर्छ क्षणमै झोली र तुम्बा कस ।

हिरोसिमा खरानी एक क्षणमै बुझ्छौ कसोरी भयो
नागासाकी समेत ध्वस्त हुनगो लाखौँ त ज्यानै लियो
केले मानिस मार्न धेर सकिने विज्ञानको खोजमा
लागेकोछ नपर्नू है अब कतै उसको खरो झोकमा ।

एमसीसी भनिने खरो विष पनि बाँढ्दैछ यसले किन
सियोझैँ छिरी सभ्यता निलूँ भनी लाग्दैछ बाठो हुन
कैयौँका टन रत्न हेरु सजिलै इराकबाटै लग्यो
सिरिया पनि थिल्थिलो हुन गयो सम्पत्ति सारा लुट्यो ।

फेरि त्यै अफगानमा घरिघरि हल्लाउँदै शासन
लागेकै छ गरिबको सहर त्यो क्यै क्षणमै मासन
लिबिया पनि ध्वस्त पार्दिनसक्यो के हुन्छ फेरि पनि
कोरोना बलबाट भो अब उही रोयो सघाऊ भनी ।

पृथ्वीमाथि अति गरे कति गरे मानिसले शोषण
नासे उर्वर खेती फाँटहरु ती बस्ती बसे तत्क्षण
समाप्तै गरी ती नदीतिर जति बन्दै गरेका घर
प्राकृतिक छटा उधारी रचियो व्यापारनै भो भर ।

नासै भो धरती कुनै दिन यहाँ उद्यान राम्रा थिए
सारै स्वच्छ निकुञ्ज जेजति सबै आफ्नै बनाई लिए
ज्ञानी जंगलमा पसेपछि यहाँ विज्ञानको भो युग
नासा आज भनिरहेछ सब लौ बृहस्पतिमै पुग ।

कस्तो तागत विश्व ध्वस्त गर्ने यौटै मिसायल भयो
मान्छेलाई जताततै सहज नै पुग्ने विमानै बन्यो
केले बन्न सकेन भाइरसको त्यो खोप छेस्को किन
हे सामर्थ्य बताइदेऊ किन पुग्यौ लाछी सरीको हुन ।

२९ चैत्र २०७६, काठमाडौँ, नेपाल ।