विचार २

धर्मको मर्म र ओली चरित्र

क. कार्लविक्रम थापा २०७८ वैशाख २० गते सोमवार

धर्मको मर्म र ओली चरित्र

तुल्सीलाल अमात्य नेपाली कम्युनिस्ट आन्दोलनका शिखर पुरुष मध्येका एक हुन् । उनकै शब्द सापटी लिँदा आज अत्यन्तै सान्दर्भिक हुने देखियो, "कम्युनिस्ट आन्दोलनलाई निस्तेज र समाप्त पार्नका लागि कम्युनिस्ट पार्टीभित्रै अब्बल कम्युनिस्टको चरित्र प्रदर्शन गर्दै दलाल, पुँजीवाद, नोकरशाह, गुण्डागर्दीलाई प्रश्रय दिँदै नेतृत्व तहसम्म पुग्न प्रयासरत रहन्छन् र नेतृत्वमा पुगेपछि...बाँकी

श्रद्धाञ्जली मित्रमणि

भरत पोखरेल २०७८ वैशाख १९ गते आइतवार

श्रद्धाञ्जली मित्रमणि

आजभन्दा ३८ वर्ष अगाडि २०४० साल चैत १९-२३ मा भारतको गोरखपुरमा मेरो अध्यक्षतामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको आठौँ राष्ट्रिय सम्मेलन भएको थियो । त्यो सम्मेलनले २१ सदस्यीय नयाँ कार्यसमिति बनाएको थियो जसमा: अध्यक्ष - देव गुरुङ उपाध्यक्ष - हिमालचन्द्र गौतम र लेखनाथ पोखरेल महासचिव - रमन...बाँकी

मई दिवसको सार्थकता: शोषण उत्पीडनबाट मजदुर वर्गको मुक्ति

क. लोकनारायण सुवेदी २०७८ वैशाख १८ गते शनिवार

मई दिवसको सार्थकता: शोषण उत्पीडनबाट मजदुर वर्गको मुक्ति

मजदुर वर्गको मुक्तिका महान मार्गदर्शक तथा गुरु कार्ल मार्क्सले भनेका थिए कि मजदुर वर्गको मुक्ति स्वयं मजदुर वर्गको कार्य हो । यसको स्पष्ट अर्थ हो जबसम्म मजदुर वर्गले आफ्नो मुक्तिको कार्य आफ्नै हातमा लिदैन तबसम्म उसको मुक्ति सम्भव छैन र हुन सक्तैन । त्यसो भए खास अर्थमा मजदुर...बाँकी

कस्तो हुनुपर्छ विद्यार्थी राजनीति ?

क. किशोर सुवेदी २०७८ वैशाख १६ गते बिहीवार

कस्तो हुनुपर्छ विद्यार्थी राजनीति ?

विद्यार्थी भनेका कुनै शिक्षण संस्था, विद्यालय, विश्वविद्यालय आदिमा आबद्ध भई नियमित रूपमा ज्ञान आर्जनमा लागिरहने व्यक्तिहरु हुन्‌ । आजको आधुनिक युगमा हरेक मानिसले विद्यार्थी जीवन पार गर्दै अगाडि बढिरहेको हुन्छ । विद्यार्थी जीवन ज्ञान आर्जनको स्वर्णिम समय हो । युवा विद्यार्थीहरु हरेक दृष्टिकोणले जागरुक र सचेत हुन्छन् ।...बाँकी

हेडफोनको सङ्गीत

क. माधव ढुङ्गेल २०७८ वैशाख १४ गते मंगलवार

हेडफोनको सङ्गीत

एउटा अन्तर्वार्ता पढेको थिएँ । सइद मिर्जाको वार्ता थियो । उनी भारतीय नागरिक हुन् र पेसाले चलचित्र निर्देशन गर्छन् । टेलिभिजन च्यानलको चर्चा गर्दै उनले वार्तामा भनेका छन्— इन्डियालाई एउटा प्रोपोगान्डा चाहिन्छ । कुनै न कुनै हङ्गामा चाहिन्छ । कहिले मिलेनियर, कहिले वर्ल्ड कप, कहिले इन्डियन आइडल वा...बाँकी

एउटा प्राध्यापकको प्रतिज्ञा

भरत पोखरेल २०७८ वैशाख १३ गते सोमवार

एउटा प्राध्यापकको प्रतिज्ञा

एडवर्ड सइदको जन्म लेबनानी आमा हिल्डा र अमेरिकी व्यापारी बाबु वादि सइदबाट नोभेम्बर १, १९३५ प्यालेस्टाइन जेरुसलेममा भएको थियो । सइद परिवार सन १९४७ मा कायरो बसाइँ सर्‍यो । एडवार्ड सइदको उच्च शिक्षा अमेरिकी नामुद विश्वविद्यालयहरूमा भएको थियो । उनले स्नातक प्रिन्सटन १९५७, स्नातकोत्तर हारभर्ड १९६० र पिएचडी...बाँकी

भारतीय कम्युनिस्ट आन्दोलनमा नक्सालबाडी

क. छवि सुवेदी २०७८ वैशाख ८ गते बुधवार

भारतीय कम्युनिस्ट आन्दोलनमा नक्सालबाडी

भारतीय कम्युनिस्ट पार्टीको स्थापना सन् १९२० मा तत्कालीन सोभियत संघको तासकन्द सहरमा भएको थियो । संस्थापकहरूमा एमएन रोय, अवानी मुखर्जी, मुहम्मद अली आदि नेताहरु थिए । डिसेम्बर २५, सन् १९२५ मा कानपुरमा भारतीय कम्युनिस्ट पार्टीको सम्मेलन भयो, जसमा ५०० जति प्रतिनिधिहरूको सहभागिता थियो । बृटिश भारतमा कम्युनिस्ट पार्टीमाथि...बाँकी

अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवाद

क. रामराज रेग्मी २०७८ वैशाख ७ गते मंगलवार

अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवाद

कार्ल मार्क्स र उनका सहयोद्धा फ्रेडरिक एङ्गेल्सले बेलायतमा औद्योगिक क्रान्तिपछि प्रतिस्पर्धात्मक अवस्थामा रहेको पुँजीवादी समाजको गहिरो अध्ययन गरे र के निष्कर्ष निकाले भने पुँजीवादमा उत्पादनको स्वरूप सामूहिक हुन्छ तर उत्पादनका साधन र सामाजिक श्रमको उपजमाथि स्वामित्वको स्वरूप निजी हुन्छ । मार्क्सका अनुसार यसरी उत्पादन सामूहिक हुने तर त्यसमाथिको...बाँकी

किन एमसीसी सम्झौता खारेज नै गर्ने ?

क. नारायण शर्मा 'कमलप्रसाद' २०७८ वैशाख ६ गते सोमवार

किन एमसीसी सम्झौता खारेज नै गर्ने ?

नेपाल र नेपालीका शासन सत्ता सञ्चालनाङ्गहरु - सरकार, सदन, शक्ति, संघ-संस्था र संगठनका वरिष्ठहरू हो ! सोच्नोस्, सचेत हुनोस् र संवेदनशील हुनोस् । गम्भीर, होशियार र जिम्मेवार बन्नुहोस् । कतैबाट कसैद्वारा 'कागले कान लग्यो' भन्ने हल्ला गर्दैमा आफ्नो कान नसमातेर कागका पछि नहुर्रिऔँ । अन्यथा पछि परिणाममा पूरै...बाँकी

कर्णालीमा फ्लोर क्रसको भूकम्प र यसका तरङ्गहरू

क. छवि सुवेदी २०७८ वैशाख ५ गते आइतवार

कर्णालीमा फ्लोर क्रसको भूकम्प र यसका तरङ्गहरू

कर्णाली यतिबेला पुन: चर्चामा छ । कर्णाली प्रदेश सरकारमाथि विगत ६ महिनाको अन्तरालमा दुई पटक हमला भयो । दुवै पटकको हमलाबाट प्रदेश सरकार सकुशल बचेको छ । अघिल्लो हमलाको समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकताबद्ध थियो । वि.स. २०७७ साल असोज २५ गते संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता...बाँकी