Tag: #किशोर सुवेदी

देउरालीलाई चिठी

क. किशोर सुवेदी २०७८ असार २३ गते बुधवार

देउरालीलाई चिठी

आकाशमा निराशाका काला बादलहरू मडारिरहेका छन्, जसरी यो देशको राजनीतिमा चरम अकर्मण्यताका धर्साहरू देखिरहेका छन् । दिनहरू खालि नराम्रा सन्देशहरू प्रबाह गरी आफ्नै गतिमा कुदिरहेका छन् । गाउँघरतिर किसानहरूलाई आफ्नै किसिमको चटारो छ । यो समय मानो खाएर मुरी उब्जाउने समय हो । हातमा कोदाली, काँधमा हलो राखी...बाँकी

कस्तो हुनुपर्छ विद्यार्थी राजनीति ?

क. किशोर सुवेदी २०७८ वैशाख १६ गते बिहीवार

कस्तो हुनुपर्छ विद्यार्थी राजनीति ?

विद्यार्थी भनेका कुनै शिक्षण संस्था, विद्यालय, विश्वविद्यालय आदिमा आबद्ध भई नियमित रूपमा ज्ञान आर्जनमा लागिरहने व्यक्तिहरु हुन्‌ । आजको आधुनिक युगमा हरेक मानिसले विद्यार्थी जीवन पार गर्दै अगाडि बढिरहेको हुन्छ । विद्यार्थी जीवन ज्ञान आर्जनको स्वर्णिम समय हो । युवा विद्यार्थीहरु हरेक दृष्टिकोणले जागरुक र सचेत हुन्छन् ।...बाँकी

विप्लवप्रतिको जनताको आशा र परिणाम

क. किशोर सुवेदी २०७७ चैत ४ गते बुधवार

विप्लवप्रतिको जनताको आशा र परिणाम

आज विश्वभरि क्रान्तिकारी सन्नाटा छाइरहेको बेला नेपालमा सडकधारी नेकपाको नेतृत्वमा एकीकृत सर्वहारावादी जनक्रान्तिको जुन शानदार प्रयोग र विकास भइरहेको थियो, यसले सर्वहारा वर्गको एउटा तप्काको मगजमा नयाँ तरंग सिर्जना गरेको थियो । एकीकृत जनक्रान्तिसँगै झलमलाउँदो समाज र राष्ट्रको परिकल्पना, आशा र विश्वास युवा र जनताको एउटा सानै तप्काले...बाँकी

ओलीको नैतिकहीनता र दलीय द्वन्द्वको भुमरीमा नेपाली राजनीति

क. किशोर सुवेदी २०७७ फागुन १५ गते शनिवार

ओलीको नैतिकहीनता र दलीय द्वन्द्वको भुमरीमा नेपाली राजनीति

राजनीति नै कुनै पनि देशको मूल नीति हो । भनिन्छ खराब इतिहास दोहोरियो भने विध्वंस निम्तिन्छ र राष्ट्रले ठुलो नोक्सानी ब्यहोर्नु पर्छ । तर हाम्रो देशको राजनीतिमा बारम्बार यस्तो भइरहेको छ । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले गरेको 'कू'ले देशलाई तहस-नहस र जनताका हक अधिकारहरुलाई कुल्चने काम गर्‍यो...बाँकी

प्रम ओलीको कस्मेटिक राष्ट्रवाद र भ्रमको राजनीति

क. किशोर सुवेदी २०७७ माघ २३ गते शुक्रवार

प्रम ओलीको कस्मेटिक राष्ट्रवाद र भ्रमको राजनीति

देशभरि पुस व्याप्त भएको छ । पुस ५ गतेदेखि देश नयाँ मोडमा पुगेको छ ।संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओली उर्फ केपी ओलीले २०७७ पौष ५ गते आफ्नै पार्टीभित्रको किचलो मिलाउन नसकेर आउन लागेको अविश्वासको प्रस्तावलाई सामना गर्न नसकी कायरतापूर्वक गणतन्त्रको जगमा बनेको संविधानमाथि खड्ग प्रहार...बाँकी

बेथितिको घेराभित्र कम्युनिस्ट सरकार

क. किशोर सुवेदी २०७७ पुस २१ गते मंगलवार

बेथितिको घेराभित्र कम्युनिस्ट सरकार

नेपाली राजनीति चरम अकर्मण्यताको भुमरीमा फस्दै आइरहेको छ । यहाँ पार्टी फुट्नु र जुट्नु राजनीतिको नियमित चल्ने संस्कारजस्तै बनेको छ । लोकतन्त्रवादी पार्टीहरु हुन् या क्रान्तिकारी कम्युनिस्ट पार्टी नै किन नहोस्, सिङ्गो रहन सकेनन् । पार्टी नफुट्दा पनि आन्तरिक गुट-उपगुटले पार्टीलाई थिलोथिलो र मृतजस्तै बनाएको हुन्छ । जसको...बाँकी

कम्युनिस्ट पार्टीमा व्यक्तिवाद र वैचारिक-राजनीतिक समस्या

क. किशोर सुवेदी २०७७ कात्तिक २४ गते सोमवार

कम्युनिस्ट पार्टीमा व्यक्तिवाद र वैचारिक-राजनीतिक समस्या

कम्युनिस्ट पार्टीमा व्यक्तिवाद हावी हुनु र विधिको शासनमा व्यक्ति हावी हुनु दुर्भाग्य हो । व्यक्ति बचाउनका लागि आसेपासेलाई आफ्नो भजनमण्डली गर्न सडकमा उतार्नु लज्जाको विषय हो । नेतृत्व असल र सक्षम भयो भने त्यहाँ कसैले औँला ठड्याउन पाउँदैन र त्यो हिम्मत पनि गर्दैन । कार्यशैली ठिक भएन भने...बाँकी

नेकपाभित्रको सत्तामोह र समाजवादको सपना

क. किशोर सुवेदी २०७७ कात्तिक २ गते आइतवार

नेकपाभित्रको सत्तामोह र समाजवादको सपना

नेपालमा थुप्रै राजनीतिक घटनाक्रमहरु भए । निर्दलीय पञ्चायत होस् या निरंकुश शाही शासन फाल्नका निमित्त थुप्रै जनताले प्राणको आहुती दिए, हजारौँ घाइते तथा अङ्गभङ्ग छन्, त सयौँको संख्यामा अहिले पनि बेपत्ता छन् । हिजो त्यसरी संघर्षको भट्टीबाट खारिएर आएका नेताहरुले गणतन्त्रको जग बलियो बनाउनुको सट्टा कुर्सी केन्द्रित राजनीति...बाँकी