विचार २

निष्ठुरी फैसला र एकताको आशा

क. छवि सुवेदी २०७७ फागुन २९ गते शनिवार

निष्ठुरी फैसला र एकताको आशा

हामी गाईबान्नाको ढिकमा उभिएका छौँ । गुराँस मन खोलेर फुलिरहेको छ । कुनै समयको गुल्जार गाईबान्नाको बजार आज खण्डहर बनेको छ । वि. सं. २०२९ सालमा चर्चित भुगोलविद्‌ डा. हर्क गुरुङ दैलेखबाट सुर्खेत जाने क्रममा बास बसेको घर आज यहाँ छैन । समयको कालखण्डमा उहाँजस्तै लाखौँ यात्रीहरुले रात...बाँकी

रोजा र क्लाराहरुले देखाएको महिला मुक्तिको बाटो रोज्दा

क. लोकनारायण सुवेदी २०७७ फागुन २८ गते शुक्रवार

रोजा र क्लाराहरुले देखाएको महिला मुक्तिको बाटो रोज्दा

महिलाका मुद्दामा केन्द्रित गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाउने निर्णय १९१० मा कोपनहेगेनमा आयोजित समाजवादी महिलाहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा लिइएको थियो । सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा लाखौँ लाख महिलाहरुले सडकमा प्रदर्शन गरेका थिए । पछिका वर्षहरुमा ८ मार्चका दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा स्वीकार गरियो र...बाँकी

सर्वोच्चका दुई फैसला र नेपली राजनीतिको भविष्य

क. शिव अधिकारी २०७७ फागुन २८ गते शुक्रवार

सर्वोच्चका दुई फैसला र नेपली राजनीतिको भविष्य

तानाशाहको जबर्जस्त सत्तामा हुँदाको मोजमस्तीको परिणति कहालीलाग्दो नै हुन्छ किनभने यस्ता तानाशाह सत्ताबाट ओर्लिएपछि मुख देखाउन पनि नहुने अवस्थामा पुगेको ऐतिहासिक प्रमाण छ । हिटलरजस्तो विश्वविजयी हुँ भन्ने मान्छे सत्ताबाट ओर्लेपछि संसारबाटै हराएको उदाहरण दोहोर्‍याउनु नहुने थियो । तर त्यही बाटोमा हिँडिरहेको पाउँदा नेपालका प्रधानमन्त्री ओली पनि सत्ताबाट...बाँकी

आमूल परिवर्तनको आजको संघर्ष र विकसित वस्तुगत अवस्था

क. लोकनारायण सुवेदी २०७७ फागुन २६ गते बुधवार

आमूल परिवर्तनको आजको संघर्ष र विकसित वस्तुगत अवस्था

जनतन्त्रलाई मानिसको वैधता जनतान्त्रिक प्रक्रियामा उनीहरु सहभागी भएर आफ्नो जीवन अझ राम्रो बनाउन सक्तछन् भन्ने विश्वासबाट प्राप्त हुन्छ । उनीहरुको यो विश्वास झुटो सावित हुन र केवल एउटा भ्रान्ति मात्रपनि ठहरिन सक्तछ । तर जब यो भ्रान्ति समाप्त हुन्छ, वास्तविकताको पोल खुल्छ । त्यतिबेला जनतन्त्रबाट मानिसहरुको भरोसा हट्न...बाँकी

नेतृत्वमा महिलाहरू

भरत पोखरेल २०७७ फागुन २४ गते सोमवार

नेतृत्वमा महिलाहरू

आज १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२१ को एउटा प्रमुख नारा 'नेतृत्वमा महिलाहरू: कोभिड-१९ को विश्वमा बराबरी भविष्यको प्राप्ति (Women in leadership: Achieving an equal future in a COVID-19 world)' छ । यो नाराको सार्थकता समीक्षा गर्न वर्तमान विश्वमा महिलाहरूको नेतृत्वदायी अवस्था हेर्नुपर्ने...बाँकी

सर्वोच्चको आदेशद्वारा सिर्जित तरङ्गहरु र संभावना

क. छवि सुवेदी २०७७ फागुन २४ गते सोमवार

सर्वोच्चको आदेशद्वारा सिर्जित तरङ्गहरु र संभावना

सम्मानित सर्वोच्च अदालतको वि.सं. २०७७ फागुन ११ को आदेशपश्चात् पुनर्स्थापित संसदको फागुन २३ गते अपरान्हमा पहिलो बैठक बस्दै थियो । त्यति नै बेला सर्वोच्च अदालतबाट एउटा आदेश आयो । त्यो आदेश तीव्र गतिमा सामाजिक सञ्जालमा व्याप्त भयो । माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ र माननीय न्यायाधीश श्री कुमार...बाँकी

ओलीको दुर्भाग्यपूर्ण राजनीतिक अवसान

क. शिव अधिकारी २०७७ फागुन २४ गते सोमवार

ओलीको दुर्भाग्यपूर्ण राजनीतिक अवसान

राजनीति सँधै आफ्नै पक्षमा व्यवस्थापन गरेर सबैलाई पन्छाउन सकिन्छ भन्ने सोचलाई षड्यन्त्रपूर्ण र विनासकारी नै मानिएको छ । विश्वका कुनै पनि तानाशाहले आफू सर्वेसर्वा हुन्छु भनेर गरेका अनेकौँ करामत जनताका लागि सास्ती त भएकै हो तर पनि अन्ततः तानाशाहीलाई नै समाप्त गर्ने ताकतका बनिरहेका छन्‌ । नेपालमै राणाको...बाँकी

पुँजी र श्रम बिचको अन्तरविरोध : विश्वको ठूलो चुनौती

क. लोकनारायण सुवेदी २०७७ फागुन २२ गते शनिवार

पुँजी र श्रम बिचको अन्तरविरोध : विश्वको ठूलो चुनौती

आजको विश्वमा बेलायतमा १८औँ शताब्दीको उत्तरार्द्धमा अनेक अभूतपूर्व परिवर्तनहरू भए, जसबाट आधुनिक आर्थिक समृद्धिको आरम्भ भयो । तर वर्षौंपछि मात्र त्यसलाई औद्योगिक क्रान्ति संंज्ञा दिइएको थियो । त्यो नाम दिने काम अर्नाल्ड टायन्बी (१८५२–८३०) ले गरेका थिए । ती व्यक्तित्व यसै नामबाट चर्चित एकजना इतिहासकारका काका थिए ।...बाँकी

भ्रम र षड्यन्त्रमा टिकेको राष्ट्रवादको अवसान

क. छवि सुवेदी २०७७ फागुन २० गते बिहीवार

भ्रम र षड्यन्त्रमा टिकेको राष्ट्रवादको अवसान

सन् १९१७ को अप्रिल १६ गते लेनिन सेन्ट पिटर्सवर्गको रेलवे स्टेसनमा ओर्लिनु भयो । लेनिन झण्डै दुई दशक लामो निर्वासनपछि स्विजरल्याण्डबाट जर्मनी हुँदै स्वदेश फर्किनुभएको थियो । त्यो दिन पिटर्सवर्गमा लेनिनले शान्तिको पक्षमा जोशिलो भाषण गर्नुभयो । लेनिनको उक्त भाषण "अप्रिल थेसिस" नामले आजपर्यन्त चर्चामा छ । जर्मनीसँग...बाँकी

बहुलवादः एक दार्शनिक चिरफार

क. मोहन वैद्य 'किरण' २०७७ फागुन १८ गते मंगलवार

बहुलवादः एक दार्शनिक चिरफार

बहुलवाद भनेको के हो ? बहुलवाद भनेको विश्वको उत्पत्तिको क्षेत्रमा बहुतत्त्वलाई प्राथमिकता दिने सिद्धान्त हो । विश्वको उत्पत्ति र विकास एउटै तत्त्वबाट होइन, बहुतत्त्वबाट भएको हो भन्ने सैद्धान्तिक मान्यतालाई बहुलवाद भनिन्छ । बहुलवादले सामाजिक जीवन र चिन्तनका विविध क्षेत्रमा बहुलताको पक्षपोषण गर्दछ । बहुलवाद प्राचीन भारतीय दर्शन र...बाँकी