मुख्य खबर

चिनीको मृत्यु

भरत पोखरेल २०८० कात्तिक ६ गते सोमवार

चिनीको मृत्यु

म अचेल नुनको चिया खाँदैछु । नुनको चिया खाँदा लाग्छ म सहिद हुँदैछु । चिनीको साटो नुनले सन्तुष्ट हुनु लाग्छ गंगालाल, शुक्रराजको बलिदानभन्दा पनि ठुलो हो । नुनको चिया मैले रहरले खाने गरेको होइन । सबैलाई थाहै भएको कुरा हो अचेल चिनी पाइँदैन । एघार रुपियाँ किलो चिनीको...बाँकी

कस्तो हुन्छ, मुटु टुक्रिएको बेला संवेदनाको त्यो घडी ?

क. चुनु गुरुङ २०८० असोज २९ गते सोमवार

कस्तो हुन्छ, मुटु टुक्रिएको बेला संवेदनाको त्यो घडी ?

जीवनलाई सरल अनि सुन्दर तरिकाले ग्रहण गर्न सके बाँकी सबै गौण हुन्। जीवनको हरेक पक्ष रमाइलो लाग्छ। मलाई त्योभन्दा बेसी चुनौतीपूर्ण घडी । जीवनका प्रत्यक घटनाहरूले मलाई अत्यन्त संवेदनशील भएर सोच्न बाध्य बनाउँछन्। जब गहिरिएर ती सबैलाई केलाउने गर्छु, तिनै शिक्षाहरूबाट मलाई हरदम सचेत भएर अघिबढ्ने प्रेरणा मिलेको...बाँकी

महान् चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको उद्देश्यबारे

क. चियाङ चिङ २०८० असोज २८ गते आइतवार

महान् चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको उद्देश्यबारे

कमरेड चियाङ चिङ जब बोल्नका लागि अगाडि जानुभयो, उहाँलाई पूरा भेलाले गडगडाहटपूर्ण तालीका साथ स्वागत गर्‍यो । सर्वप्रथम उहाँले सर्वहारा वर्गीय क्रान्तिकारी सलामद्वारा साहित्य र कलावृत्तका सम्पूर्ण कमरेड र मित्रहरूका साथै उपस्थित युवा लालरक्षकका योद्धाहरूलाई अभिवादन गर्नुभयो। महान् सर्वहारा सांस्कृतिक क्रान्ति बुझ्नलाई आफू कसरी सक्षम हुनुभयो भन्नेबारे उहाँले...बाँकी

अफ्रिकाको छातीमा एउटा बिहान

प्याट्रिस लुमुम्बा २०८० असोज २७ गते शनिवार

अफ्रिकाको छातीमा एउटा बिहान

निग्रो ! तिमीले हजारौँ वर्षदेखि अपराध सहेका छौ पशुले जस्तै र मरुभूमिको हावामा तिम्रो खरानी उडेको छ तिम्रो आत्मालाई बचाइराख्ने नाममा तिम्रो दुःख खेपाइ जारी राख्नका लागि घुस्सा हान्ने बर्बर अधिकार तथा कोरा हान्ने गोराको अधिकार ज्युँदो राख्नका लागि तिम्रो मर्ने अधिकार र, तिमी रुने अधिकार सधैँ सधैँ...बाँकी

दशैँकाे सम्बन्धमा एक ऐतिहासिक तथा भाैतिकवादी दृष्टिकोण

क. रामराज रेग्मी २०८० असोज २६ गते शुक्रवार

दशैँकाे सम्बन्धमा एक ऐतिहासिक तथा भाैतिकवादी दृष्टिकोण

वर्षा ऋतुको अन्त्यपछि न जाडो न गर्मीको शरद ऋतुमा नेपाल र भारतमा दशैँ मनाइन्छ । यस पर्वका अवसरमा विशेषगरी देवी दुर्गाको पूजा र आराधना गरिन्छ । अतएव यसलाई दुर्गा पूजा पनि भनिन्छ । हाम्रो समाजमा कतिपय चाड–पर्वलाई धार्मिक रङ दिइएको छ । देवी दुर्गाले राक्षस गणका नायक महिषासुर...बाँकी

हमास बदमास ?

भरत पोखरेल २०८० असोज २६ गते शुक्रवार

हमास बदमास ?

यही ७ अक्टोबर (तारिखमा) हमासले इजरायलका केही स्थानमा आक्रमण गरेपछि विश्वमा कोलाहल मच्चिएको छ । कर्पोरेट मिडियाहरू एकोहोरो हमासको निन्दामा बेसुरको राग अलापिरहेका छन् । प्रविधिको विकासले अब हाम्रो जस्तो देशमा पनि वास्तविकता बुझ्न अरुको मुख ताक्नुपर्ने स्थिति छैन । वास्तविकता के हो बुझ्ने सुविधा प्रविधिले उपलब्ध गराएको...बाँकी

बेलिसरा

क. चुनु गुरुङ २०८० असोज १८ गते बिहीवार

बेलिसरा

सास फेर्न नपाउँदै दिन ढल्के थकाइ बिसाउन नभ्याउँदै काँशुघाटको ओरालोमा गाईवस्तु झर्दैछन् कि ग्वालाहरू हुन् ? दिनरात गाउँ चाहार्छन्‌ हत्याराका हुल ठनास्दै होश राख्दै डोकोको पिँधमा चिजबिज राखी खोस्मेराले खोस्मेरामाथि दाउराका चाङ बोक्दै थाप्लोमा नाम्लोको पाता मिलाउँदै घुर्मैलो पछ्यौरी ओढेकी बेलिसरा सधैँझैँ ऊ आपनो बाटो हिँड्छे थुप्रै फेरा...बाँकी

सबै बालबालिका विशिष्ट हुन्छन्

अमिर खान २०८० असोज १३ गते शनिवार

सबै बालबालिका विशिष्ट हुन्छन्

म शिक्षा क्षेत्रबाट होइन । म एउटा कलाकार हुँ । एक सिर्जनशील मान्छे हुँ । तपाईँहरूले शिक्षाको बारेमा राम्रो गरी बुझ्नुभएको छ किनभने तपाईँहरू यतिका वर्षदेखि शिक्षा क्षेत्र चलाइरहनुभएको छ । पछिल्ला केही वर्षहरूमा मैले पनि केही अनुभव बटुल्न पाएँ । मैले केही चलचित्रहरू बनाएँ । एउटा चलचित्र...बाँकी

नेपाल एक चीन नीतिप्रति दृढ समर्थन गर्दछ – प्रधानमन्त्री प्रचण्ड

हु युवेई र बाई युन्यी २०८० असोज ११ गते बिहीवार

नेपाल एक चीन नीतिप्रति दृढ समर्थन गर्दछ – प्रधानमन्त्री प्रचण्ड

सम्पादकको टिप्पणीः चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले असोज ५ गतेदेखि १३ गतेसम्म (सेप्टेम्बर २३ देखि ३० तारिखसम्म) सम्म चीनको पाँच-दिने राजकीय भ्रमण जारी छ, जुन उहाँको नेपालको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकालको सुरुवातपछिको पहिलो चीन भ्रमण हो । ६९ वर्षीय (प्रधानमन्त्री प्रचण्ड) नेपालका सुविख्यात...बाँकी

सर्वहारावादी पार्टीको निर्माण गर

क. श्यामप्रसाद शर्मा २०८० असोज १ गते सोमवार

सर्वहारावादी पार्टीको निर्माण गर

१. हरेक कमिटीले आफ्नो मातहतमा पर्ने क्षेत्र, संस्था र विषयहरूसित सम्बन्धित साथीहरूको गहिरिएर वर्ग विश्लेषण गरी कसीको आधारमा मूल्याङ्कन गर्दै दर्ता र नवीकरण गर्ने, कसीअनुसारको गुण पुगेकाहरूलाई सदस्य बनाउने र पदोन्नति गर्ने। २. कसीअनुसारको गुण भएको नभएको समय-समयमा जाँच गर्ने, सदस्यहरूका गुणलाई कायम राख्ने र विकास गर्ने। खास...बाँकी