नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

रामघाटमा सदाका लागि बिलायाे एउटा नक्षत्र, अलविदा प्रिय नेता रविन्द्र

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १७ गते शुक्रवार

रामघाटमा सदाका लागि बिलायाे एउटा नक्षत्र, अलविदा प्रिय नेता रविन्द्र

पोखरा, हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा शुक्रवार अन्त्येष्टि गरिएको छ । उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । रामघाटमा उहाँको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज अधिकारी र स्वराज अधिकारीले दागवत्ति दिनुभएको थियो । अधिकारीको शव आजै काठमाडौंबाट...बाँकी

नेकपाद्वारा शोक प्रस्ताव पारित, विद्यार्थी र जनसांस्कृतिक महासंघद्वारा दुःख व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १६ गते बिहीवार

नेकपाद्वारा शोक प्रस्ताव पारित, विद्यार्थी र जनसांस्कृतिक महासंघद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका केन्द्रीय सदस्य एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा भएको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको सचिवालय बैठकले मृतक सबैप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक संतप्त परिवारजनमा समवेदना प्रकट गरेको हो...बाँकी

पोष्टमार्टमका कारण आजको श्रद्धाञ्जलीसभा स्थगित, शुक्रवार टुँडिखेलवाट अन्तिम बिदाइ गरिने

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १६ गते बिहीवार

पोष्टमार्टमका कारण आजको श्रद्धाञ्जलीसभा स्थगित, शुक्रवार टुँडिखेलवाट अन्तिम बिदाइ गरिने

काठमाडौं, ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको बिहिवार टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जलीसभा स्थगित भएको छ । दिवंगत सातैजनाको शव पोष्टमार्टम गर्नुपर्ने र त्यसका लागि समय लाग्ने भएकाले बिहिवार तय भएको श्रद्धाञ्जलीसभा स्थगित गरिएको नेकपाद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित...बाँकी

मन्त्री अधिकारीको निधनमा वाइसीएल  र युवा संघकाे शोक विज्ञप्ति

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १६ गते बिहीवार

मन्त्री अधिकारीको निधनमा वाइसीएल  र युवा संघकाे शोक विज्ञप्ति

काठमाडौँ । नेकपा निकट युवा संगठनहरू, योङ कम्युनिष्ट लिग, नेपाल र युवा संघ, नेपालले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाप्रति दुःख व्यक्त गरेको छ । वाइसीएल, नेपाल र युवा संघ, नेपालले बिहिबार एक संयुक्त विज्ञप्ती जारी गर्दै मन्त्री अधिकारी...बाँकी

अध्यक्ष प्रचण्डद्वारा मन्त्री अधिकारी र हेलिकप्टर दुर्घटनामा निधन हुनुभएकाहरुको परिवारजनलाई भेट गरी समवेदना प्रकट

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १६ गते बिहीवार

अध्यक्ष प्रचण्डद्वारा मन्त्री अधिकारी र हेलिकप्टर दुर्घटनामा निधन हुनुभएकाहरुको परिवारजनलाई भेट गरी समवेदना प्रकट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएकाहरुको परिवारजनलाई भेट गरी समवेदना प्रकट गर्नुभएको छ । अध्यक्ष प्रचण्डले बिहिबार विहान दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका पिता, माता र श्रीमतीलाई मन्त्री निवास हरिहरभवनमा भेट गरी समवेदना...बाँकी

आज राष्ट्रिय शोक, सार्वजनिक विदा दिइने

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १६ गते बिहीवार

आज राष्ट्रिय शोक, सार्वजनिक विदा दिइने

काठमाडौं,  सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा आज बिहिवार राष्ट्रिय शोकको घोषणा गरेको छ । बुधवार बेलुकी बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा आज राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । आज देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ ।  त्यसैगरी देशभरका...बाँकी

मन्त्री अधिकारीको अन्त्येष्टि कास्कीमा गरिने

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १५ गते बुधवार

मन्त्री अधिकारीको अन्त्येष्टि कास्कीमा गरिने

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । बुधवार बेलुकी मन्त्री निवास पुल्चोक पुगेर प्रधानमन्त्री ओलीले स्वर्गीय अधिकारीका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सङ्घीय मामिला तथा सामान्य...बाँकी

सभामुख महराद्वारा शोक वक्तव्य जारी

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १५ गते बुधवार

सभामुख महराद्वारा शोक वक्तव्य जारी

काठमाडौँ ।  संघीय संसदका सम्मागगीय सभामुख कृष्णबहादुर महराले आज दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको अकल्पनीय र आकस्मिक निधन भएको घटनामा दुःख व्यक्त गर्नु भएको छ । आज साँझ एक शोक वक्तव्य जारी गर्दै उहाँले सो कुरा...बाँकी

मन्त्री रविन्द्र अधिकारीको जीवनः सादा जीवन उच्च विचारको एक नमूना

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १५ गते बुधवार

मन्त्री रविन्द्र अधिकारीको जीवनः सादा जीवन उच्च विचारको एक नमूना

काठमाडौं, युवा पुस्ताका प्रिय नेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी नेकपाका प्रतिभाशाली युवा नेता हुनुहुन्थ्यो । कास्की–२ बाट प्रत्यक्ष निर्वाचित सांसद रविन्द्र अधिकारी यसअघि संसदको विकास समितिका सभापति हुनुहुन्थ्यो । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनाताको बारेमा सोच्ने अधिकारी सबै नेपाली जनताको...बाँकी

सरकार एयरपोर्ट बनाउन प्रतिबद्ध छ : मन्त्री अधिकारी (अन्तिम सम्बाेधन)

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १५ गते बुधवार

सरकार एयरपोर्ट बनाउन प्रतिबद्ध छ : मन्त्री अधिकारी (अन्तिम सम्बाेधन)

काठमाडौँ । बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीको पाँच मिनेटको सम्बोधन नै अन्तिम सम्बोधन बन्न पुगेको छ। तेह्रथुमको चुहानडाँडामा मन्त्री अधिकारीले जम्मा पाँच मिनेट सम्बोधन गर्नुभएकाे थियाे। उहाँले  प्रधानमन्त्रीकै निर्देशनमा आफू आएको बताउनुभएकाे थियाे। यस्तो छ मन्त्री अधिकारीको अन्तिम...बाँकी