News

सैनिक मर्यादा ख्याल नगरी बोल्ने दुई पूर्वसहायक रथी कारबाहीमा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २३ गते शनिवार

सैनिक मर्यादा ख्याल नगरी बोल्ने दुई पूर्वसहायक रथी कारबाहीमा

काठमाडौं, नेपाली सेनाले आफ्ना दुई पूर्वसैनिक अधिकारीलाई कारबाही गरेको छ । पूर्वसहायक रथी धर्म बानियाँ र प्रेमसिंह बस्न्यातलाई नेपाली सेनाको जंगी अड्डाले सचेत गराएको हो । सञ्चारमाध्यममा अनावश्यक र अतिरञ्जित टिप्पणी गरेको आधारमा उनीहरुलाई शुक्रबार सचेत गराइएको सैनिक स्रोतले बतायो । उनीहरुलाई पत्रचारसमेत गरिने जंगी अड्डा स्रोतको भनाइ...बाँकी

वैशाख ६ र ७ गते देशभरका बालबालिकालाइ भिटामिन खुवाइने

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २२ गते शुक्रवार

वैशाख ६ र ७ गते देशभरका बालबालिकालाइ भिटामिन खुवाइने

काठमाडाैं, वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्तर्गत भिटामिन ए र जुकाकाे औषधि खुवाउने कार्यक्रम रहेकाे छ ।  ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेकाे श्वास्थ्य मन्त्रालयले जनाएकाे छ।...बाँकी

२ दिन वर्षासँगै हावाहुरी चल्ने मौसमविद्काे भनाई

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २२ गते शुक्रवार

२ दिन वर्षासँगै हावाहुरी चल्ने मौसमविद्काे भनाई

काठमाडौं, काठमाडौं उपत्यकासहित देशको प्रायः स्थानमा शुक्रबार बिहान हल्का वर्षा भएको छ । यो क्रम अझै २ दिन चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार, सतहमा पूर्वी वायु र माथिल्लो वायुमण्डलमा पश्चिम वायुका कारण उपत्यकासहित देशका विभिन्न स्थानमा शुक्रबार बिहान वर्षा...बाँकी

गोर्खा भर्तीकाे बिषयमा बेलायत र नेपाल सरकारबीच द्धिपक्षीय सम्झौता हुनुपर्ने नेता श्रेष्ठकाे भनाइ

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २२ गते शुक्रवार

गोर्खा भर्तीकाे बिषयमा बेलायत र नेपाल सरकारबीच द्धिपक्षीय सम्झौता हुनुपर्ने नेता श्रेष्ठकाे भनाइ

काठमाडाैँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पूर्व उपप्रधान एव‌ं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गोर्खाहरुले लडिरहेको समानता प्राप्तीको लडाई नेपालको राष्ट्रिय स्वाभिमान र सार्बभौमसत्तासँग जोडिएको लडाई भएको बताउनुभएकाे छ । बाहिरबाट हेर्दा केवल गोर्खाहरुको व्यक्तिगत हक अधिकारको लडाई जस्तो देखिएपनि यो देशकै समस्या भएको उहाँले बताउनुभयाे ।...बाँकी

पावरको कुनै सोख छैन, केवल देश विकास र जनताको परिवर्तनको सोख छ – प्रधानमन्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २१ गते बिहीवार

पावरको कुनै सोख छैन, केवल देश विकास र जनताको परिवर्तनको सोख छ – प्रधानमन्त्री

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पावरको कुनै सोख नभएकाे बताउनुभएकाे छ । बिहिवार राष्ट्रिय विकास परिषद्को दुई दिने बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक रुपले कतिपयले  पावर केन्द्रित गरेकाे आराेप लगाएकाे भन्दै प्रधानमन्त्रीले साे आराेपकाे खण्डन मात्र गर्नुभएन आफूमा केवल देशको विकास र  जनताको परिवर्तनको सोख रहेकाे बताउनुभयाे...बाँकी

बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील प्यानलका चण्डेश्वर विजयी

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २१ गते बिहीवार

बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील प्यानलका चण्डेश्वर विजयी

काठमाडौं, नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशिल समूहका चण्डेश्वर श्रेष्ठ विजयी हुनुभएकाे छ । गत शनिबार भएको बारको चुनावमा वाम प्रगतिशील प्यानलका चण्डेश्वर श्रेष्ठले ४ हजार २२ मत ल्याएर विजयी हुनुभएकाे छ भने उहाँका प्रतिद्वन्दी लोकतान्त्रि  प्यानलका सुनिल पोखरेलले ३ हजार ८७३ मत प्राप्त गर्नु भएकाे छ। केहीबेर अघिमात्र...बाँकी

कार्पेट मजदुरहरूको संघर्ष सफलतातर्फ

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २१ गते बिहीवार

कार्पेट मजदुरहरूको संघर्ष सफलतातर्फ

काठमाडौँ, अन्टुफसँग आबद्ध अखिल नेपाल गलैंचा मजदुर संघ, जिफन्टसित आबद्ध कार्पेट मजदुर संघ र कार्पेट ब्यवसायीहरुबीच आज चैत्र २० गतेका दिन अन्टुफका उपमहासचिव शालिकराम काफ्लेको उपस्थितिमा भएको वार्ताले सकारात्मक परिणाम ल्याउँने भएको छ । आज भएको छलफलमा कार्पेट क्षेत्रमा कार्यरत श्रमिकहरुलाई अनिवार्यरुपमा नेपाल सरकारले तोकेको न्युनतम वेतन लागू...बाँकी

पार्टीलाई अँध्यारोमा राखेर गरिने सम्झौता खतरनाक हुन्छ : घनश्याम भुसाल

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २१ गते बिहीवार

पार्टीलाई अँध्यारोमा राखेर गरिने सम्झौता खतरनाक हुन्छ : घनश्याम भुसाल

बुटवल, सत्तारुढ नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टीलाई अँध्यारोमा राखेर गरिने सम्झौता खतरनाक हुने बताउनुभएकाे छ । एक सातासम्म आफ्नो निर्वाचन क्षेत्रमा बसेर काठमाडौँ फर्कने क्रममा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै नेता भुसालले  सिके राउतसँग भएको सम्झौता सकारात्मक भए पनि प्रक्रियागत रुपमा गलत भएको  टिप्पणी गर्नुभयाे । सिके राउतलाई लोकतान्त्रिक...बाँकी

कृषिमा आधारित उद्योग स्थापना गरेर रोजगारी सिर्जना गर्नुपर्छ -अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २० गते बुधवार

कृषिमा आधारित उद्योग स्थापना गरेर रोजगारी सिर्जना गर्नुपर्छ -अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ले कृषिमा आधारित उद्योग स्थापना गरेर रोजगारीकाे अवसर सिर्जना गर्ने बताउनुभएकाे छ । बुधबारबाट काठमाडौंमा सुरु राष्ट्रिय विकास परिषद् बैठकमा  २५ वर्षे दीर्घकालीन सोँचसहित १५ औं योजनाको आधारपत्रको मस्यौंदामाथि भएकाे छलफलमा भाग लिँदै उहाँले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना हुने खालको शैक्षिक...बाँकी

मानिसकाे मानसिकता र दृष्टिकोणमा परिर्वतन आउनुपर्ने – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २० गते बुधवार

मानिसकाे मानसिकता र दृष्टिकोणमा परिर्वतन आउनुपर्ने – प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले सरकार सम्हालिसकेपछि धेरै काम भएको दाबी गर्नुभएकाे छ । काठमाडौंमा बुधबार सुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  कतिपयले कुरा मात्रै गरेर नहुने काम नै गर्नुपर्छ भनेकोतर्फ लक्षित गर्दै सरकारले काम नै गरिरहेको दाबी गर्नुभएकाे हाे । उहाँले भन्नुभयाे...बाँकी