rabindra Adhikari left review online
 

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । बुधवार बेलुकी मन्त्री निवास पुल्चोक पुगेर प्रधानमन्त्री ओलीले स्वर्गीय अधिकारीका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत मन्त्रिपरिषद्का सदस्यले पनि अधिकारीका शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । त्यस्तै प्रधानमन्त्री सहित अन्य मन्त्रीहरुले दुर्घटनामा मृत्यु भएका अन्य व्यक्तिहरुको निवासमा पुगी परिवारजनमा समवेदनमा व्यक्त गरेका छन् ।

यसैबिच अधिकारीको अन्त्येष्टि कास्कीमा गरिने भएको छ । त्यसअघि बिहीबार अधिकारीको पार्थिव शरिरलाई श्रद्धान्जलीका लागी टुँडिखेल र नेकपा कार्यालयमा राखिने भएको छ । अधिकारीका छोरा बिहिबार ३ बजेमात्र भारतबाट नेपाल आउने र त्यसपछि अधिकारीको पार्थिव शरिरलाई कास्की लैजाने पारिवारीक श्रोतले जनाएको छ ।