काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माणका लागि आह्वान गर्नुभएकाे छ । पार्टीका स्थानीय तह र पार्टी शाखा समितिका सम्मेलन उद्घाटन समारोहलाई शनिवार भर्चुअल माध्यमबाट एकसाथ सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘आउँदो सम्मेलनबाट हामी नयाँ उचाइमा उठ्नेछौँ । इतिहासको नयाँ संश्लेषण...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) अध्यक्ष केपी ओली प्रवृत्ति प्रतिक्रियावादी, प्रतिगमनकारी भएको बताउँदै ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर मौका आएमा गणतन्त्र, संघीयता उल्ट्याउने बताएको कुरा सुनेको खुलासा गर्नुभएको छ । सोमबार कीर्तिपुरमा नेकपा (माओवादी केन्द्र) नगर कमिटीद्वारा आयोजित शुभकामना...बाँकी
केपी ओली ३० असारमै सत्ताबाट झरेका हुन् । त्यसपछि उनको बासस्थान पनि परिवर्तन भयो - बालुवाटारबाट बालकोट । शेरबहादुर देउवा पनि प्रधानमन्त्री भएदेखि आजसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । अरु जेसुकै अवस्था कारण बने पनि प्रधामन्त्री भएकाले सरकार चलाउने आधार बनाउने हतार देउवालाई नै हुनुपर्ने हो ।...बाँकी
देश यतिबेला अग्रगमन र प्रतिगमनको भीषण टक्करबाट गुज्रिरहेको छ । नवउपनिवेशवाद र नवउदारवादद्वारा निर्दिष्ट दलाल पुँजीवादी उपभोक्तावादी विकृत संस्कृतिबाट जेलिँदै गइरहेको छ । नवउदारवादी चाहनाअनुसार कस्सिँदै गएको साङ्लो तोड्न नसक्दासम्म नेपाल राष्ट्रको स्वतन्त्र स्वनिर्णयको अधिकार र अन्तरनिर्भर स्वभिमानपूर्ण स्वाधीन आर्थिक विकास, उन्नति र प्रगतिमा लाग्दै आएको कालो ग्रहण...बाँकी
एमालेसँग पार्टी एकता गरियो, असल नियतका साथ । कम्युनिस्ट केन्द्र निर्माणका लागि गरिएको थियो । तर केपी ओली प्रवृत्तिसँग जुध्नुपर्ने भयो । ओलीले सबै भताभुंग पार्ने काम गरे । माधवजी र हामी मिलेर लडिरहेका थियौँ । ओलीले प्रतिनिधिसभा असंवैधानिक ढंगले विघटन गरे । हामीले लड्यौँ । सर्वोच्चले पुर्नस्थापना...बाँकी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको मौन अवधिमा मतदाताहरूलाई आचारसंहिता विपरीत धम्काएकोमा नेकपा (माओवादी केन्द्र) ले गम्भीर आपत्ति जनाउँदै सरकार प्रमुखले ओलीले अमूक उम्मेद्वारलाई विजयी गराउन मतदाताहरूलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा भएको जनाएको छ...बाँकी
प्रचण्डले एउटै कम्युनिस्ट पार्टी बनाउन खोज्नुभयो र उहाँ असफल हुनु भो । सफल को भयो ? पार्टी फुटाउने ? प्रचण्डले राष्ट्रिय स्वाधीनताको पक्षमा अडान लिनुभयो र सरकार निर्माणमा असफल हुनुभयो । राष्ट्रलाई के क्षति पुग्यो ? प्रचण्डले संविधानका रक्षाका लागि प्रतिगमनका विरुद्ध आन्दोलनको नेतृत्व गर्नुभयो । बिग्रियो के...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारसँग संवैधानिक परिषद्को बैठक स्थगित गर्न माग गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरूलाई अपिल गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनपश्चात स्वतसिद्ध अल्पमतमा परेको...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामबद्ध हुनु आजको आवश्यकता भएको बताउनु भएको छ । विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्सको २०३औँ जन्म जयन्तीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका मुख्य आधार भएकोले श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव हुन नसक्ने बताउनु भएको छ । पूर्व प्रधानमन्त्री क. प्रचण्डले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा...बाँकी