nekapa NCP secretaraiat meeting PM KP Oli, CM Prachanda, BAmdev, Jhalanath, Badal, Ishwar, Bishnu
 

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको बताइएको छ ।

बिहान ९ बजे सुरु बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र संघीय संसदको सभामुख चयन एजेन्डा रहेको नेकपा सचिवालयका एक सदस्यले जानकारी दिए। एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा नेकपाभित्रै मतभेद छ।

गत साता सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी) बारे निर्णय गर्ने अधिकार पार्टी सचिवालयलाई सुम्पेको थियो। यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।