ncp, nekapa, nepal communist party, central office, dhumbarahi
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २५औँ  जनयुद्ध दिवस भव्य रूपले मनाउने भएको छ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले २०५२ सालमा दस बर्षे महान जनयुद्धको सुरूवात गरेको दिन फागुन १ गते पारेर नेकपाले जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भव्य श्रद्धाञ्जली सभा आयोजना गर्दै जनयुद्ध दिवस मनाउन लागेको हो । सो कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय क. केपी शर्मा ओली र क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को बिचमा एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपश्चात महान जनयुद्ध र जनयुद्धका महान शहीदहरू, घाइते तथा अपाङ्ग  योद्धाहरू र शहीद परिवारलाई बिर्सिएको तथा अपमानित गरिएको जनगुनासो आइरहेको बेला यो कार्यक्रम आयोजना गरेर अध्यक्षद्वयले सम्बोधन गर्नुलाई उच्च महत्त्वका साथ हेरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कार्यालय सचिवद्वय क. श्रीराम ढकाल ‘प्रशान्त’ र क. ईश्वर रिजालले केन्द्रीय कार्यालयको तर्फबाट एक सूचना जारी गर्दै सबैलाई २०७६ फागुन ९ गते बिहिबार बिहान ९ः०० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा उपस्थितिका लागि अनुरोध गर्नुभएको छ ।

janayuddha divas, nekapa, ncp,