क. प्रचण्ड, Pushpa Kamal Dahal 'Prachanda', Chairman, Nepal Communist Party
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महान् चाड ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुमकामना व्यक्त गर्नु भएको छ ।

ईदुल फित्रको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै विविधताभित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान भएको उल्लेख गर्नु भएको छ । ईदुल फित्र मुस्लिम समुदायको महान पर्व हो ।

दश वर्षे महान जनयुद्धका सुप्रिम कमाण्डर तथा धर्म निरपेक्षताका नेतृत्वकर्ता अध्यक्ष प्रचण्डले बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्ने बताउनुभएको छ ।

शुभकामना सन्देशमा उहाँले सबै जातीय, धार्मिक र वर्गीय समुदायमा कोरोना भाइरस (कोभिड–१९) ले समानरुपले आक्रमण गरिरहेको उल्लेख गर्दै यस महामारीविरुद्धको संघर्षमा एकताबद्ध भएर प्रतिरोध गर्न सबैमा आग्रह समेत गर्नुभएको छ ।