dr shiva maya tumbahangphe,
 

काठमाडौँ । पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदमा नियुक्त हुनुभएको छ । सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तुम्बाहाङ्फे लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्ने गरी मन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

यसअघि सो मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आउनुभएको थियो । नवनियुक्त मन्त्री शिवमाया तुम्बाहाङ्फे ले सोमवार नै पद तथा गोपनियताको सपथ ग्रहण गरी पदभार सम्हाल्नुभएको छ ।

नवनियुक्त मन्त्री तुम्बाहाङ्फे ले गत महिना मात्रै उपसभामुख पदबाट राजीनामा दिनुभएको थियो ।