Krishna Bahadur Mahara, Thabang, Rolpa
 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा निवर्तमान सभामुख क. कृष्णबहादुर महरा ‘अमरसिंह’लाई जनयुद्धको उद्गम थलोको रूपमा चिनिने रोल्पाको थवाङमा बाजागाजासहित भव्य स्वागत गरिएको छ ।

दस वर्षे महान जनयुद्धका वरिष्ठ नेतृत्वकर्ताहरू मध्ये एक रहनुभएका रोल्पाली जनताका प्यारा नेता क. कृष्णबहादुर महरालाई देशी-विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्रमा झूठा आरोप लगाई पक्राऊ गरिएको थियो । आफूमाथि लागेको आरोपलाई सुरूदेखि नै पूर्णरूपले अस्वीकार गर्दै कानूनी प्रक्रियालाई सघाउँदै आफ्नो प्रतिरक्षा गरिरहनुभएका नेता क. महराले झण्डै ३ महिनाको जेल जीवनपछि मुद्दामा सफाइ पाएसँगै रिहा हुनुभएको थियो ।

रोल्पाली जनताले सुरूदेखि नै उहाँमाथि लागेको आरोप झूठो र मिथ्या भएको प्रतिक्रिया दिँदै रोल्पाली नेता महरालाई काठमाडौँमा बस्नेहरूले भन्दा आफूहरूले राम्ररी चिनेको बताउने गरेका थिए ।

अदालतबाट क. महराले सफाइ पाएसँगै नेपाली कम्युनिस्ट आन्दोलनका एक भरोसिला नेता र नेतृत्वका विश्वास पात्रको रूपमा रहनुभएका क. महराको राजनीतिक जीवन समाप्त गर्ने र अध्यक्ष प्रचण्डसहित जनयुद्धबाट आएको नेतृत्वलाई कमजोर बनाउने देशी-विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्र चकनाचुर बनेको छ ।

दुई सय चालिस वर्षसम्म नेपाली जनताको छातिमाथि बन्दूकको बलमा शासन गरिरहेको जहानिँया शाही राजतन्त्रलाई जरैदेखि उखेलेर फ्याँक्ने दस वर्षे महान जनयुद्धको आधार इलाकाको रूपमा रोल्पा विश्वभर प्रसिद्ध छ । रोल्पाबाट सयौँ योद्धाहरूले जनयुद्धमा शहादत प्राप्त गर्नुभएको छ भने बेपत्ता हुने र घाइते तथा अपांग हुने योद्धाहरूको संख्या हजारौँमा रहेको छ । त्यो महान रोल्पाको पनि मुटु हो – थवाङ । त्यही थवाङमा निवर्तमान सभामुख क. कृष्णबहादुर महरा आज पुग्नुभएको थियो र थवाङवासी जनसमुदायले उहाँलाई बाजागाजा, फूलमाला र अबिरजात्रा गरेर भव्य स्वागत गरेका छन् । थवाङवासी जनसमुदायको एउटै स्वर थियो – “रोल्पाको छोरो महरालाई फसाउन खोजिएको थियो तर ढिलोचाँडो सत्यको जीत भयो ।”

रिहा भएपछि सबैभन्दा पहिले आफू दाङ र रोल्पाका जनताको बिचमा पुग्ने बताउनुभएका क. महरा फागुन १२ गते आफ्नो निर्वाचन क्षेत्र दाङ पुग्नुभएको थियो । दाङका जनताले पनि उहाँको बाजागाजा र अबिरजात्रा गरेर भव्य स्वागत गरेका थिए । दाङमा करिब एक साताको जनसम्पर्क र सक्रिय भेटघाटपछि उहाँ रोल्पा प्रस्थान गर्नुभएको थियो । रोल्पाका विभिन्न स्थानहरुमा भेटघाट गर्दै क. महरा थवाङ पुग्नुभएको हो ।

तस्वीरमा केही झलकहरूः

Krishna Bahadur Mahara, Thabang, Rolpa Krishna Bahadur Mahara, Thabang, Rolpa Krishna Bahadur Mahara, Thabang, Rolpa Krishna Bahadur Mahara, Thabang, Rolpa Krishna Bahadur Mahara, Thabang, Rolpa Krishna Bahadur Mahara, Thabang, Rolpa Krishna Bahadur Mahara, Thabang, Rolpa Krishna Bahadur Mahara, Thabang, Rolpa Krishna Bahadur Mahara, Thabang, Rolpa Krishna Bahadur Mahara, Thabang, Rolpa, panche baja Krishna Bahadur Mahara, Thabang, Rolpa, panche baja