काठमाडौँ । अखिल नेपाल किसान महासंघले संगटनका केन्द्रीय सदस्य क. हरि लामिछानेको यही मिति २०७७ साउन ३० गते हृदयघातका कारण असामयिक निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।
आज एक शोक वक्तव्य जारी गर्दै महासंघले “अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इञ्चार्ज क. हरि लामिछानेको यही मिति २०७७ साउन ३० गते ६० वर्षको उमेरमा हृदयघातका कारण असामयिक निधनले सिंगो संगठनलाई दुःखी तथा भावविव्हल बनाएको” बताउँदै भनेको छ, “हामी नेपाली किसान आन्दोलनका एक जुझारु योद्धा र कास्केली किसानहरुका लोकप्रिय नेता क. हरि लामिछानेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण शोक संतप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।”
२०३४ सालबाट नेकपा (चौथो महाधिवेशन) हुँदै नेपाली कम्युनिस्ट आन्दोलनमा सरिक हुनुभएका क. हरि लामिछाने त्यस पर्यन्त निरन्तर नेपाली नेपाली कम्युनिस्ट आन्दोलनमा विभिन्न तहका संगठनहरुमा संगठित हुँदै क्रियाशील रहनु भएको थियो । पञ्चायती कालरात्रीलाई चिर्दै कास्की क्षेत्रमा संगठनका कामहरु अगाडि बढाउनु भएका क. हरि लामिछाने १० वर्षे महान जनयुद्धमा सक्रियतापूर्वक कास्कीका किसानहरुको नेतृत्व गर्नुभएको थियो भने हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो ।
क. हरि लामिछाने २०६४ सालमा अखिल नेपाल किसान संघ (क्रान्तिकारी)को कास्की जिल्ला अध्यक्ष हुँदै सोही वर्ष चितवनमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट संगठनको केन्द्रीय सदस्य, २०६५ सालमा ललितपुरको बाडेगाउँमा सम्पन्न एकता राष्ट्रिय सम्मेलनबाट अखिल नेपाल किसान संघ (२००७) को केन्द्रीय सदस्य, २०६७ मा नेपालगञ्जमा सम्पन्न छैठौँ राष्ट्रिय सम्मेलनबाट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को केन्द्रीय सदस्य, २०७२ सालमा बर्दीवासमा सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनबाट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को केन्द्रीय सचिवालय सदस्य, २०७३ सालमा ललितपुरको बाडेगाउँमा सम्पन्न एकता राष्ट्रिय भेलाबाट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को केन्द्रीय सचिवालय सदस्य र २०७६ साल असोज ८ मा सम्पन्न अखिल नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघ (क्रान्तिकरी केन्द्र) को एकतापश्चात अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्य तथा कास्की जिल्ला इञ्चार्जको रुपमा क्रियाशील हुनुहुन्थ्यो ।
२०१७ साल कार्तिक ३० गते कास्की जिल्लाको अर्घौंको अर्चलेमा जन्मनुभएका क. हरि लामिछाने हाल पोखरा महानगरपालिका वडा नं. ३२, कालिका्नगर (तल्लो गगनगौंडा) मा बसोबास गर्दै आउनुभएको थियो । उहाँका एक श्रीमती भगवती लामिछाने, दुई छोराहरु (सुवास लामिछाने र सन्दीप लामिछाने), दुई बुहारीहरु र ४ जना नातिनातिनीहरु हुनुहुन्छ ।
अखिल नेपाल किसान महासंघले जारी गरेको शोक विज्ञप्तिको पूर्णपाठः
अखिल नेपाल किसान महासंघ
केन्द्रीय समिति
मितिः २०७७/०५/०५
शोक वक्तव्य
अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इञ्चार्ज क. हरि लामिछानेको यही मिति २०७७ साउन ३० गते ६० वर्षको उमेरमा हृदयघातका कारण असामयिक निधनले सिंगो संगठनलाई दुःखी तथा भावविव्हल बनाएको छ । हामी नेपाली किसान आन्दोलनका एक जुझारु योद्धा र कास्केली किसानहरुका लोकप्रिय नेता क. हरि लामिछानेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण शोक संतप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।
२०३४ सालबाट नेकपा (चौथो महाधिवेशन) हुँदै नेपाली कम्युनिस्ट आन्दोलनमा सरिक हुनुभएका क. हरि लामिछाने त्यस पर्यन्त निरन्तर नेपाली नेपाली कम्युनिस्ट आन्दोलनमा विभिन्न तहका संगठनहरुमा संगठित हुँदै क्रियाशील रहनु भएको थियो । पञ्चायती कालरात्रीलाई चिर्दै कास्की क्षेत्रमा संगठनका कामहरु अगाडि बढाउनु भएका क. हरि लामिछाने १० वर्षे महान जनयुद्धमा सक्रियतापूर्वक कास्कीका किसानहरुको नेतृत्व गर्नुभएको थियो भने हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो ।
क. हरि लामिछाने २०६४ सालमा अखिल नेपाल किसान संघ (क्रान्तिकारी)को कास्की जिल्ला अध्यक्ष हुँदै सोही वर्ष चितवनमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट संगठनको केन्द्रीय सदस्य, २०६५ सालमा ललितपुरको बाडेगाउँमा सम्पन्न एकता राष्ट्रिय सम्मेलनबाट अखिल नेपाल किसान संघ (२००७) को केन्द्रीय सदस्य, २०६७ मा नेपालगञ्जमा सम्पन्न छैठौँ राष्ट्रिय सम्मेलनबाट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को केन्द्रीय सदस्य, २०७२ सालमा बर्दीवासमा सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनबाट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को केन्द्रीय सचिवालय सदस्य, २०७३ सालमा ललितपुरको बाडेगाउँमा सम्पन्न एकता राष्ट्रिय भेलाबाट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को केन्द्रीय सचिवालय सदस्य र २०७६ साल असोज ८ मा सम्पन्न अखिल नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघ (क्रान्तिकरी केन्द्र) को एकतापश्चात अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्य तथा कास्की जिल्ला इञ्चार्जको रुपमा क्रियाशील हुनुहुन्थ्यो । जीवनभर नेपाली किसान आन्दोलनको सुदृढीकरण तथा नेपाली किसानहरुको वर्गीय मुक्ति र समृद्धिका लागि अनवरत लागिपरेका एक जना जुझारु संगठकलाई गुमाउनु परेको यो शोकको घडीमा सबै कमरेडहरुलाई शोकलाई शक्तिमा बदल्दै क. हरि लामिछानेको सपना साकार पार्न अहोरात्र खटिन पनि हार्दिक अपील गर्दछौँ ।
२०१७ साल कार्तिक ३० गते कास्की जिल्लाको अर्घौंको अर्चलेमा जन्मनुभएका क. हरि लामिछाने हाल पोखरा महानगरपालिका वडा नं. ३२, कालिकानगर (तल्लो गगनगौंडा) मा बसोबास गर्दै आउनुभएको थियो । उहाँका एक श्रीमती भगवती लामिछाने, दुई छोराहरु (सुवास लामिछाने र सन्दीप लामिछाने), दुई बुहारीहरु र ४ जना नातिनातिनीहरु हुनुहुन्छ । हामी सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै अखिल नेपाल किसान महासंघ सँधै उहाँहरुको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
हार्दिक क्रान्तिकारी अभिवादन सहित ।
हरि पराजुली
संयोजक
चित्रबहादुर श्रेष्ठ
सहसंयोजक