जाेसे मारिया सिसाेँ
 

मलाई प्रेम छ,
धानका खेतहरूका हराभरा फाँटहरूसँग
सूर्यको प्रकाश जब झर्दछ तीमाथि,
उद्घाटित गरिदिन्छ
स्वर्णिम दानाहरूको रहस्य ।
मलाई प्रेम छ,
खेतमा दृढतासँग ठडिएका उखुसँग
सूर्यको प्रकाश जब चोट गर्दछ ती माथि,
उद्घाटित गरिदिन्छ
ती सुनौला लाँक्रा (डाँठ)हरूको मिठास ।
मैदानहरूबाट चलिरहेको हावा
ल्याउँछ आफूसँग
किसान अनि फार्म मजदुरहरूको
श्रमको सङ्गीत ।
मलाई प्रेम छ,
सडक–कारखानाहरूदेखि उठ्दै गरेका आवरणसँग
जब मजदुर मेसिनमा काम गर्छन् ।
मलाई प्रेम छ,
निला पर्वतहरूका उत्तालहरूसँग
जसले हरेक श्रमिकलाई दिन्छ
आशाको सन्देश ।

(सन् १९७८ अगस्त १५)

याे पनि पढ्नुहाेस्ः  मेरा बा किसान हुन् – हेम प्रभास 

याे पनि पढ्नुहाेस्ः हाँस्न सकिएन यो निर्जन शहरमा – क. देवेन्द्र काेइराला

याे पनि पढ्नुहाेस्ः  एकदेव आले, तिमीलाई सयबार सलाम – क. नारायणमान बिजुक्छे ‘राेहित’

याे पनि पढ्नुहाेस्ः   एउटा विशाल नदी थियो बग्दाबग्दै सुक्यो – क. बलराम तिमल्सिना ‘विप्लव’

(अनुवादः गणेश  चिताैरे)