विचार २

कम्युनिस्ट एकतापछिका संशय

क. रमेश गुरागाईँ २०७६ जेठ ३० गते बिहीवार

कम्युनिस्ट एकतापछिका संशय

विद्वान दार्शनिक सुकरातसँग सम्बन्धित एउटा प्रसङ्ग छ । एउटी निकै सुन्दरी युवती हुन्छिन्। युवतीले सुकरातसँग प्रस्ताव राख्छिन्, तपाईं र म विवाह गर्रौँ ता कि हाम्रो सन्तान तपाईंको जस्तो विद्वत्ता र मेरो जस्तो सुन्दरताको गुणले भरिपूर्ण होस् । युवतीको प्रस्ताववारे विचार गर्दै सुकरातले जवाफ फर्काउँछन्, तिम्रो सुन्दरता र मेरो...बाँकी

नेकपा (मसाल)को आठौँ महाधिवेशन र मोहनविक्रम सिंह

क. सीताराम थापा २०७६ जेठ २६ गते आइतवार

नेकपा (मसाल)को आठौँ महाधिवेशन र मोहनविक्रम सिंह

पृष्ठभूमि: नेपाल कम्युनिस्ट पार्टी (मसाल) को आठौँ राष्ट्रिय महाधिवेशन भर्खर सम्पन्न भएको छ। यसकाअर्धभूमिगत नेता एवं महासचिव मोहनविक्रम सिंह हुनुहुन्छ । उहाँलाई नेपाल कम्युनिस्ट पार्टीका पुराना नेता, कम्युनिस्ट विश्लेषक र स्कुलिङकर्ताको रुपमा पनि माँनिदै आएको छ । उहाँले नेपालको इतिहासमा धेरै कम्युनिस्ट नेता कार्यकर्ता जन्माउन आफ्नो जीवनकालमा उल्लेखनीय...बाँकी

नेपाली कम्युनिस्ट आन्दोलन र यसका समस्याहरु

क. सागर कुँवर २०७६ जेठ २२ गते बुधवार

नेपाली कम्युनिस्ट आन्दोलन र यसका समस्याहरु

१. नेपालको कम्युनिस्ट आन्दोलनमा मूल प्रवृत्ति मा कैयौँ समयमा विवादहरु हुने गरेका छन । त्यसको इतिहासतर्फ नलागौँ । मूल प्रवृत्ति भनेको कम्युनिस्ट आन्दोलनको लक्ष्य र उद्देश्यमा पुग्नका लागि मार्क्सवादी-लेनिनवादी सिद्धान्त अनुसार मूलभूत विषयमा सही पहिचान र त्यस अनुरुपको कार्यदिशा हो । नेपालमा कम्युनिस्ट बताउने सबै शक्तिहरुले समाजवाद–साम्यवादलाई आफ्नो...बाँकी

हाम्रो क्रान्ति र हाम्रो लोकतान्त्रिक गणतन्त्र खतरामुक्त छैनन्

क. घनश्याम भुसाल २०७६ जेठ २२ गते बुधवार

हाम्रो क्रान्ति र हाम्रो लोकतान्त्रिक गणतन्त्र खतरामुक्त छैनन्

म यो बजेटको समर्थन गर्न आएको हुँ । तर त्यो अकारण भने छैन । यसको पहिलो कारण त यो धेरैले रुचाएको बजेट छ । करिब आठ लाख कर्मचारी तलब बढेकोमा खुशी छन् । १३–१४ लाख बृद्व भत्ता बढेकोमा खुशी छन् । हामी निर्वाचित सांसद त्यसमध्ये पनि निर्वाचितहरु ६...बाँकी

नेपाल कम्युनिस्ट पार्टीमा विचारको सवाल

क. रमेश गुरागाईं २०७६ जेठ १८ गते शनिवार

नेपाल कम्युनिस्ट पार्टीमा विचारको सवाल

मार्क्सवाद–लेनिनवादको मार्ग निर्देशनमा नेपालमा समाजवाद स्थापना गर्ने ध्येयसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको हो । पहिलो पटक चुनावी गठबन्धन हुँदै अघि बढेको कम्युनिस्ट ध्रुवीकरणको प्रकृया सबै तहमा संगठन समायोजनसँगै पूरा भएको छ । नेकपाले संघ, प्रदेश र स्थानीय तीनै तहमा अत्याधिक जनमत हासिल गरेर सरकार सञ्चालन गरिरहेको...बाँकी

आत्मीय सलामी प्रिय मित्र इच्छुक

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ जेठ १३ गते सोमवार

आत्मीय सलामी प्रिय मित्र इच्छुक

आज जेठ १३ गते मेरा सहधर्मी र सहकर्मी क. कृष्ण सेन 'इच्छुक' अर्थात् एक होनहार बहुआयामिक प्रतिभाका धनी एवम् एक क्रान्तिकारी व्यक्तित्वको क्रूरतापूर्वक हत्या गरिएको दिन । राप्तीदेखि बाग्मती क्षेत्रीय ब्युरोसम्म राजनीतिक, संगठनात्मक, साहित्यिक-सांस्कृतिक र पत्रकारिता आदि क्षेत्रबाट देश, जनता, पार्टी र क्रान्तिका लागि आफूलाई समर्पित गर्ने क्रममा...बाँकी

प्रिय इच्छुक! इतिहास न मुर्दाको कथा हो, न त चिहानघारीको पर्यटन

क. नरेन्द्रजङ्‌ग पिटर २०७६ जेठ १३ गते सोमवार

प्रिय इच्छुक! इतिहास न मुर्दाको कथा हो, न त चिहानघारीको पर्यटन

कृष्ण सेन 'इच्छुक' को सहादतमा सम्मान गर्ने कसको नैतिक पुँजी र अधिकार होला ? कृष्ण सेन केका विरूद्ध लडेका थिए ? उनको रचना र कर्म के कस्तो थियो ? उनको सम्पादनमा चल्ने 'जनादेश', 'जनदिशा' र 'कलम'को अवस्था के थिए र अहिले के कस्तो अवस्थामा छन् ? उनका हकवालाहरूको...बाँकी

शब्द र कर्मको एकत्व – कृष्ण सेन ‘इच्छुक’

क. घनश्याम ढकाल २०७६ जेठ १३ गते सोमवार

शब्द र कर्मको एकत्व – कृष्ण सेन ‘इच्छुक’

१. जीवन वृत्त कृष्ण सेन ‘इच्छुक’ समाजवादी यर्थाथवाद अर्थात् प्रगतिवादी धाराका सशक्त कवि हुन् । साहित्यिक व्यक्तित्वबाहेक उनका सांस्कृतिक, राजनीतिक र पत्रकार व्यक्तित्व पनि छन् । महान् उद्देश्य र आस्थाका लागि एउटा स्रष्टाले कसरी आफूलाई समर्पित र बलिदान गर्न सक्छ भन्ने कुराका उनी राम्रा उदाहरण हुन् । पिता...बाँकी

इच्छुक : यस शताब्दीका महान् सांस्कृतिक योद्धा

अध्यक्ष प्रचण्ड २०७६ जेठ १३ गते सोमवार

इच्छुक : यस शताब्दीका महान् सांस्कृतिक योद्धा

इच्छुक सांस्कृतिक प्रतिष्ठानको राष्ट्रिय भेलाको उद्घाटन गर्न पाउँदा मलाई हर्ष, गर्व र जिम्मेवारीबोधको गहिरो अनुभूति भयो । जतिखेर प्रतिष्ठान बनाउने सोचाइ हाम्रो पार्टीभित्र भएको थियो, यो प्रतिष्ठान निर्माण गर्नुपर्ने देशको आवश्यकता, महत्त्व र औचित्यबारे हामी छलफल चलाउँदै थियौँ । त्यो छलफलका पछाडि मुख्य दुईवटा उद्देश्यहरू थिएः पहिलो, नेपालमा...बाँकी

शब्द श्रद्धा कृष्ण सेन दाइप्रति

क. संगीता खड्का २०७६ जेठ १३ गते सोमवार

शब्द श्रद्धा कृष्ण सेन दाइप्रति

कतिपय घटनाहरु यथार्थ हुँदाहुँदै पनि विश्वास गर्न गाह्रो हुने रहेछ । अझै पनि कृष्ण सेनको हत्याको पत्यार गर्न गाह्रो हुन्छ । हिरासतमा उहाँसँगै यातना शिविरमा बिताएका क्षणहरु आँखा वरिपरि आएझैँ हुन्छ । दुश्मनको चर्को यातनाका कारण सबैको दुखाइबाट निस्किएको चित्कार अझै पनि मानसपटलबाट हराउन सकेको छैन । दिमाखी रिलमा...बाँकी