Flash News

सम्झनामा जनयुद्ध, छद्मयुद्ध, मनोयुद्ध र शान्ति युद्धका ट्रेन्चहरू

क. नरेन्द्रजंग पिटर २०७७ असोज १८ गते आइतवार

सम्झनामा जनयुद्ध, छद्मयुद्ध, मनोयुद्ध र शान्ति युद्धका ट्रेन्चहरू

पुराना आफ्नै डायरीका पाना पल्टाउँदै थिएँ । २५ जनवरी २०१३ मा पुगिएछ । यी ८ वर्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय अनेकौँ घटना र उथुलपुथल भए । यो कुनै महान इतिहासकाल भने हैन । तर एउटा क्रमभङ्गले व्यवस्थापन गर्दै गरेको त्यो टकराहटको क्षण थियो । राष्ट्रिय राजनीतिमा हेरफेर आयो मात्रै हैन,...बाँकी

चीनको विकासमा सी चिनफिङ विचारधारा

डा. गोकर्ण ज्ञवाली २०७७ असोज १८ गते आइतवार

चीनको विकासमा सी चिनफिङ विचारधारा

सन् १९४९ अक्टोबर १ मा माओत्सेतुङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीले चीनलाई जनगणतन्त्र घोषणा गर्‍यो, जुन बोल्सेविक क्रान्तिपछिको दोश्रो सफल समाजवादी आन्दोलन थियो । यसले कृषिमा आधारित र उद्योगको विकास नभएको समाजमा कसरी समाजवादी आन्दोलन सफल हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्‍यो । नौलो जनवादी क्रान्तिको रुपमा लिइने...बाँकी

युवाकालका ती सुनौला दिनहरू सम्झी ल्याउँदा

क. शिव अधिकारी २०७७ असोज १० गते शनिवार

युवाकालका ती सुनौला दिनहरू सम्झी ल्याउँदा

आफूले भोगिरहेको दुःख हरिएला र त्यतिबेला पाएकोभन्दा धेरै सेवा, सुविधा र अधिकार पाइएला भनेर जनताले आफ्नो अभूतपूर्व एकता मार्फत देशमा राजतन्त्र फालेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । निरङ्कुशताको घेराबन्दी तोड्न गोलीको पर्रा छुटिरहेको अवस्थामा समेत जनताले निडर भएर आफ्नो जिउज्यानको प्रवाह नगरी जनयुद्ध र जनआन्दोलन दबाउन...बाँकी

बहुपक्षीयवाद बृहत् विश्व हित र विधिमा आधारित व्यवस्थाका निम्ति हुनुपर्छः प्रम केपी शर्मा ओली

लेफ्ट रिभ्यु संवाददाता २०७७ असोज ९ गते शुक्रवार

बहुपक्षीयवाद बृहत् विश्व हित र विधिमा आधारित व्यवस्थाका निम्ति हुनुपर्छः प्रम केपी शर्मा ओली

अध्यक्ष महोदय, महामहिम राष्ट्रप्रमुख तथा सरकार प्रमुखज्यूहरू, संयुक्त राष्ट्र संघका महासचिवज्यू, प्रतिनिधिमण्डलका विशिष्ट सदस्यज्यूहरू। म तपाईँहरू सबैलाई गौतम बुद्ध र सगरमाथाको भूमि नेपालबाट न्यानो अभिवादन गर्न चाहन्छु। मेरो देश नेपाललगायत संसारभर कोभिड-१९ का कारणले भएको मानवीय क्षतिप्रति विश्वका अन्य नेताहरूसँगै म पनि गहिरो दुःख तथा समवेदना प्रकट गर्न...बाँकी

मानव केन्द्रित विचारधारा : जुछे एक चर्चा

डा. गोकर्ण ज्ञवाली २०७७ असोज ९ गते शुक्रवार

मानव केन्द्रित विचारधारा : जुछे एक चर्चा

मार्क्सले आफ्नो कार्यकालमा पेरिस कम्युनको सफलता र असफलता बाहेक अन्य समाजवादी आन्दोलन देख्न पाएनन् | मार्क्सको समाजवादको धारणालाई सर्ब प्रथम लेनिनले सन् १९१७ मा रसियामा कार्यान्वयन गरी विश्वको कुनै एक देशमा पनि समाजवादको स्थापना सम्भव छ भनी प्रमाणित गरिदिए | रसियन मोडेलको समाजवादभन्दा भिन्न प्रकृतिको आर्थिक, सामाजिक र...बाँकी

स्टेफेन हकिङ र भौतिकवादमा उनको योगदान

क. गुणराज लोहनी २०७७ असोज ८ गते बिहीवार

स्टेफेन हकिङ र भौतिकवादमा उनको योगदान

बेलायतका सैद्धान्तिक भौतिकशास्त्री, ब्रह्माण्डशास्त्री, लेखक र क्याम्ब्रिज विश्वविद्यालयका ब्रह्माण्ड विज्ञान सैद्धान्तिक केन्द्रका निर्देशक रहेका स्टेफेन हकिङको १४ मार्चका दिन मृत्यु भएको उनको परिवारका सदस्यहरूले जानकारी दिए । उनको जन्म बेलायतको अक्सफोर्डमा ८ जनवरी १९४२ मा भएको थियो । दोस्रो विश्वयुद्धले विश्वलाई लपेटिरहेको बेला जन्मेका स्टेफेन हकिङ बिसौं र...बाँकी

मानवजातिले कोरोनामाथि विजय पाउनेछ – चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ

लेफ्ट रिभ्यु संवाददाता २०७७ असोज ७ गते बुधवार

मानवजातिले कोरोनामाथि विजय पाउनेछ – चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ

काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर २२ तारिखमा संयुक्त राष्ट्र संघको ७५औँ महासभालाई महत्त्वपूर्ण सम्बोधन  गर्दै मानवजातिले कोरोना भाइरसलाई पराजित गर्ने बताउनु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहनु भएका राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त राष्ट्र संघको ७५औँ महासभालाई सम्बोधन गर्दै मानवजातिले कोरोना भाइरससँग संघर्ष...बाँकी

बिचौलिया संस्कृति

क. रामराज रेग्मी २०७७ असोज ७ गते बुधवार

बिचौलिया संस्कृति

१. विषय प्रवेश दुई पक्ष बिचको आर्थिक कारोवारमा सम्झौता वा सहमति गराएर आर्थिक लाभ लिने व्यक्तिलाई ‘बिचौलिया’ भनिन्छ । त्यो भनेको दुई पक्ष बिचको मध्यवर्ती तह हो । नेपाली शब्दकोषमा ‘बिचौलिया’ शब्द भेटिन्न । त्यसको पर्यायवाची शब्द ‘दलाल’ हो, जसलाई लेनदेनमा दुई पक्षका बिच कुरा मिलाइदिए वापत केही...बाँकी

आत्मप्रशिक्षणका लागि निर्देशनहरु

क. चाउ एन लाई २०७७ असोज ६ गते मंगलवार

आत्मप्रशिक्षणका लागि निर्देशनहरु

प्रधानमन्त्री चाउ एन लाई को मृत्युको चौथो वार्षिकीमा “पिपुल्स डेली” ले मार्च १८, १९४३ मा उहाँद्वारा लिखित “आत्मप्रशिक्षणका लागि निर्देशनहरु” छापेको छ । निर्देशनहरु यस प्रकारका छन्ः १. कडा अध्ययन गर, मुख्य–मुख्य कुराहरु बुझ, धेरै विषयमा ध्यान दिनुभन्दा सुहाउँदो विषय छान र त्यसमा विशेषज्ञ बन । २. कडा...बाँकी

संविधान दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन

लेफ्ट रिभ्यु संवाददाता २०७७ असोज ३ गते शनिवार

संविधान दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन

सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय मन्त्रीगण, संघीय संसदका संसदीय समितिका माननीय सभापतीहरु, संवैधानिक निकायका पदाधिकारीहरु, विशिष्ट अतिथिहरु, कर्मचारी तथा सञ्चारकर्मी मित्रहरु, संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाईरहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइहरु, स्वदेश एवं विदेशमा रहनुभएका...बाँकी