अन्तर्राष्ट्रिय (ग्लोबल)

जनप्रिय नेता म्यानुएल मर्रेरो क्रुज क्युबाका नयाँ प्रधानमन्त्री निर्वाचित (तस्वीरमा संसदको झलक)

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस ७ गते सोमवार

जनप्रिय नेता म्यानुएल मर्रेरो क्रुज क्युबाका नयाँ प्रधानमन्त्री निर्वाचित (तस्वीरमा संसदको झलक)

काठमाडौँ । जनप्रिय क्रान्तिकारी नेता म्यानुएल मर्रेरो क्रुज समाजवादी गणतन्त्र क्युबाको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको छ । समाजवादी गणतन्त्र क्युबाका राष्ट्रपति मिगेल डियाज–केनेलले शनिबार  त्यहाँको संसदको बैठकमा  म्यानुएल मर्रेरो क्रुजलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्नुभयो र उहाँको प्रस्ताव त्यहाँको १९औँ संसदको चौथो नियमित सत्रबाट सर्वसम्मतिले पारित भएपछि मरेर्रो क्रुज...बाँकी

कोरिया युद्ध र त्यसको वास्तविकता बारे – राजदूत जो योङ मान

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस ६ गते आइतवार

कोरिया युद्ध र त्यसको वास्तविकता बारे – राजदूत जो योङ मान

कोरिया युद्ध र त्यसले कोरिया तथा कोरियाली जनताको जीवनमा पारेको प्रभाव बारेः सन् १९५० जुन २५ मा अमेरिकी साम्राज्यवादले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको विरुद्ध एउटा सशस्त्र युद्ध भड्कायो । कोरिया युद्ध विश्व इतिहासमा कहिल्यै नभएको गुण्डागर्दी युद्ध थियो । युद्धको क्रममा कब्जा गरिएका संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका...बाँकी

नेटो : नरसंहारका सत्तरी वर्ष

भरत पोखरेल २०७६ मंसिर २९ गते आइतवार

नेटो : नरसंहारका सत्तरी वर्ष

बैठकहरू सँधै सहज हुँदैनन् र यसपटक नोभेम्बर ३–४, २०१९ मा लण्न्डनमा भएको नेटो (नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन) को ७० औँ बैठकमा त्यस्तै भयो । फ्रान्सले नेटोलाई मृत मस्तिष्क भनेर आलोचना गर्‍यो । नेटोका महासचिव नर्वेजियन नागरिक जँ स्टोलटेनवर्गलाई फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले "नेटोका शत्रु रुस कि चीन भन्नेमा...बाँकी

चीनले बनायो आफ्नै कृतिम सूर्य

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर १७ गते मंगलवार

चीनले बनायो आफ्नै कृतिम सूर्य

काठमाडौँ । सौर्य मण्डल अन्तर्गतका सबै ग्रह र उपग्रहमा दिन र रातको फरक सूर्यले निर्धारण गर्छ । पृथ्वी पनि सौर्य मण्डलकै एउटा ग्रह भएकोले यसको दिन र रातको निर्धारण गर्ने काम सूर्यले गर्छ । यो पृथ्वीको ताप र प्रकाशको मुख्य स्रोत पनि भएकोले वातावरणका लागि पनि सूर्य उत्तिकै...बाँकी

मानव जातिले प्रकृतिविरुद्ध युद्ध चलाइरहेको छ – महासचिव एन्टोनियो गुटेरेस

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर १७ गते मंगलवार

मानव जातिले प्रकृतिविरुद्ध युद्ध चलाइरहेको छ – महासचिव एन्टोनियो गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानव जातिले प्रकृतिविरुद्ध युद्ध चलाइरहेको भन्दै यो युद्ध तत्काल बन्द गर्नुपर्ने विचार व्यक्त गरेका छन् । स्पेनको राजधानी म्याड्रिडमा हुन लागिरहेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको पूर्वसन्ध्यामा विश्वभरका स्वाधिन मुलुकहरूको साझा संस्था संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले आफ्नो विचार  व्यक्त गर्दै जलवायु परिवर्तनबारे...बाँकी

गान्धीका हत्यारा गोड्से ‘देशभक्त’ हुन् – भाजपा सांसद

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर १३ गते शुक्रवार

गान्धीका हत्यारा गोड्से ‘देशभक्त’ हुन् – भाजपा सांसद

काठमाडौँ । भारतको सत्तारूढ भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले ‘महात्मा’ गान्धीका हत्यारा गोड्सेलाई फेरि ‘देशभक्त’ भनेपछि भारतमा उनको भनाईबारे ठूलो विवाद चुलिएको छ । संसदको तल्लो सदनको छलफलको क्रममा उनले बुधबार गोड्सेलाई ‘देशभक्त’ भनेकी थिइन् । सो अभिव्यक्तिसँगै उनलाई एउटा संसदीय समितिबाट हटाइएको छ । नाथुराम गोड्सेलाई...बाँकी

अमेरिकामा रहेका नेपालीहरूले ह्वाइट हाउस अगाडि भारत विरुद्ध प्रदर्शन गर्ने

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर ११ गते बुधवार

अमेरिकामा रहेका नेपालीहरूले ह्वाइट हाउस अगाडि भारत विरुद्ध प्रदर्शन गर्ने

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा रहेका नेपाली संघ/संस्था तथा नेपाली समुदायले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस अगाडि भारतले गरेको भूमि अतिक्रमण विरुद्ध जनप्रदर्शन गर्ने भएका छन् । सार्वभौम देश नेपालको सीमा अतिक्रमण गरेकोमा भारती विस्तारवादको चौतर्फी विरोध भइरहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडि रहेको लाफेएट उद्यान (पार्क) मा...बाँकी

किम इल सुङ र कोरियाली समाजवादी क्रान्ति

जो योङ मान २०७६ मंसिर ६ गते शुक्रवार

किम इल सुङ र कोरियाली समाजवादी क्रान्ति

स्वतन्त्रता र समाजवादी क्रान्तिअघि कोरिया र कोरियाली जनताः जापानी साम्राज्यवादीहरुले सन् १९०५ को नोभेम्बर १७ मा इतिहासमा कहिल्यै नभएको डकैतीपूर्ण तरिकाले हस्तक्षेपकारी ‘५ बुँदे उल्सा सन्धि’को षडयन्त्र रचे । तिनीहरुले कोरियालाई उपनिवेश बनाए र सो 'सन्धि’को ‘कानुनी आधार’मा कोरियाली जनतामाथि कहिल्यै नसुनिएको दुःख र दूर्भाग्य थोपरे । सो...बाँकी

फासीवाद र इण्डाेनेसियामा कम्युनिस्ट नरसंहार

क. आनन्दस्वरूप वर्मा २०७६ कात्तिक ३० गते शनिवार

फासीवाद र इण्डाेनेसियामा कम्युनिस्ट नरसंहार

सन् १९२४ मा लेनिनको मृत्यु पश्चात सोभियत सङ्घमा स्टालिन युग प्रारम्भ भयो र उहाँको अगाडि सबैभन्दा ठूलो चुनौतीको रुपमा जर्मनीको नाजीवाद र इटालीको फासीवाद आयो । त्यो एउटा यस्तो काल थियो जतिबेला समग्र विश्व एउटा खतराजनक मोडमा पुगेको थियो । त्यो सङ्घर्षको इतिहासबारे विस्तृतमा नगइकन के भन्न सकिन्छ...बाँकी

अक्टोबर समाजवादी क्रान्ति र नेपालको कम्युनिस्ट आन्दोलन

क. आनन्दस्वरूप वर्मा २०७६ कात्तिक ११ गते सोमवार

अक्टोबर समाजवादी क्रान्ति र नेपालको कम्युनिस्ट आन्दोलन

रुसको महान् समाजवादी क्रान्ति केवल रुसी जनताका लागि मात्र नभएर पूरै विश्व समुदायका लागि एउटा यस्तो महत्त्वपूर्ण परिघटना थियो, जसले मार्क्सवाद-लेनिनवादको वैज्ञानिक समाजवादको सिद्धान्तलाई मूर्त रूप दियो र संसारभरका श्रमजीवी जनतालाई मुक्तिको बाटो देखायो । यसले विभिन्न देशहरूमा चलिरहेका जनआन्दोलनहरूलाई एउटा नयाँ उर्जा दियो र विशेष गरेर ल्याटिन...बाँकी