News

अमेरिकामा पत्नीकाे उपचारपछि अध्यक्ष प्रचण्ड बिहिवार नेपाल फर्किँदै

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १३ गते बुधवार

अमेरिकामा पत्नीकाे उपचारपछि अध्यक्ष प्रचण्ड बिहिवार नेपाल फर्किँदै

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको उपचार पुरा गरी बिहिवार नेपाल फर्किँदै हुनुहुन्छ । अमेरिकाको जोन हकिन्स अस्पतालबाट डिस्चार्जपछि पत्नी एवं पूर्व माओवादी केन्द्रकी सल्लाहकार दाहाललाई लिएर उहाँ बिहिवार नेपाल फर्किने अध्यक्ष प्रचण्डका प्रेस संयाेजक विष्णु सापकोटा 'जुगल'ले जानकारी दिनुभएको छ ।...बाँकी

सरकारलाइ सभामुखकाे ध्यानाकर्षण : पर्याप्त छलफल गरेर मात्र कानुन निर्माण गर ।

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १३ गते बुधवार

सरकारलाइ सभामुखकाे ध्यानाकर्षण : पर्याप्त छलफल गरेर मात्र कानुन निर्माण गर ।

काठमाडौं, सभामुख कृष्णबहादुर महराले सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित ‘सूचनाको हकको राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्दै सभामुख महराले सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार र सम्बन्धित निकायलाई सचेत गराउनुभएको हो । सभामुख महराले सूचनाको हकसम्बन्धी कानुन परिमार्जन...बाँकी

थारु समुदायको संस्कृति संरक्षण राज्यले गर्नुपर्छ – मन्त्री बिना मगर

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १२ गते मंगलवार

थारु समुदायको संस्कृति संरक्षण राज्यले गर्नुपर्छ – मन्त्री बिना मगर

कञ्चनपुर, खानेपानी मन्त्री बिना मगरले थारु समुदायको संस्कृति संरक्षणका लागि आफुले सक्दो पहल गर्ने बताउनुभएको छ । लालझाडी गाउपालिकाले आयोजना गरेको होली मिलन कार्यक्रमको उदघाटन गर्दै मन्त्री मगरले देशभर रहेका यस्ता थुप्रै अल्पसंख्यक जातजातिको कला, संस्कृति र पहिचानको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो। होली मिलन समारोहमा सहभागी...बाँकी

अध्यक्ष प्रचण्ड र एलिस जी वेल्स बीच अमेरिकामा भेटवार्ता

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १२ गते मंगलवार

अध्यक्ष प्रचण्ड र एलिस जी वेल्स बीच अमेरिकामा भेटवार्ता

वासिङ्टन डिसि, परिवारको उपचारका क्रममा अमेरिका रहनुभएका नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अमेरिकामा महत्वपूर्ण राजनीतिक भेटघाट गर्नुभएको छ । गत साता नेपालका लागि पूर्वअमेरिकी राजदूत डेलिसीसँग भेटघाटपछि उहाँले सोमवार दक्षिण तथा मध्य एसिया हेर्ने एलिस जी वेल्ससँग भेट गर्नुभएको छ। सचिवालयले जनाए अनुसार भेटका अवसरमा अध्यक्ष प्रचण्डले...बाँकी

गफ होइन काम गरौं – मन्त्री अर्याल

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १२ गते मंगलवार

गफ होइन काम गरौं – मन्त्री अर्याल

काठमाडौं, भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाली जनतालाई गफले भन्दा काम गरेरै खुसी बनाउनुपर्ने बेला आएको बताउनुभएको छ। उहाँले गरिबी निवारणमा ठोस काम एवं मालपोत, नापी जस्ता कार्यालयमा घुस रोक्न आफूले पहल गरिरहेको बताउँदै मन्त्रालयको जिम्मा पाएको छोटो समयमै धेरै उपलब्धि हासिल गरेको बताउनुभयो...बाँकी

फालिसकेको राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन सक्दैन – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १० गते आइतवार

फालिसकेको राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन सक्दैन – प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले देश संघीय गणतन्त्रमा प्रवेश गरिसकेको भन्दै अब राजतन्त्र भनेर हिँडिरहनु आवश्यक नभएको बताउनुभएको छ । आइतवार प्रतिनिधिसभालाई संबोधन गर्दै उहाँले अब नेपालमा प्रतिगमन संभव नभएको बताउनुभएको हो। प्रधानमन्त्री ओलीले फालिसकेको राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन नसक्ने बताउँदै जनताले रगत बगाएर...बाँकी

कर्णालीका मुख्यमन्त्री शाहीको राजनीतिक सल्लाहकारमा सल्यानका नेता भिमप्रकाश नियुक्त

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १० गते आइतवार

कर्णालीका मुख्यमन्त्री शाहीको राजनीतिक सल्लाहकारमा सल्यानका नेता भिमप्रकाश नियुक्त

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजनीतिक सल्लाहकारमा नेकपा नेता भीमप्रकाश शर्मा (रमेश काेइराला) नियुक्त हुनुभएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सल्यानका शर्मालाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । सल्लाहकारमा नियुक्त भएका शर्मा नेकपा कर्णाली प्रदेश कमिटीका सदस्य हुनुहुन्छ । प्रदेशसभाको चुनावमा शर्माले सल्यान (क) मा वाम...बाँकी

नेपालकी बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक, गिनिज बुकमा नाम लेखाउने तयारी

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १० गते आइतवार

नेपालकी बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक, गिनिज बुकमा नाम लेखाउने तयारी

काठमाडौं, विश्वभरीकै ज्येष्ठ नागरिक नेपालमा फेला परेकी छन् । नुवाकोट जिल्ला, शिवपुरी गाउँपालिका, वडा नम्बर–८ की बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिकको रुपमा फेला परेकी हुन् । आइतबारदेखि १ सय १६ वर्ष पुरा गरी १ सय १७ औं बर्षमा प्रवेश गरेकी लामिछाानेलाई जन्म दिनको शुभकामना र विश्वकै ज्येष्ठ नागरिक...बाँकी

स्थानीय र वडा तहमा यसरी अगाडि बढ्दैछ पार्टी एकता

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ९ गते शनिवार

स्थानीय र वडा तहमा यसरी अगाडि बढ्दैछ पार्टी एकता

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बिच पार्टी एकता भएको १० महिना बित्दैछ । पुष्पलाल स्मृति दिवस पारेर गत जेठ ३ गते दुइ पार्टी एकताको औपचारिक घोषणा गरिएको थियो । यो बिचमा केन्द्रमा खासै चहल पहल नदेखिए पनि स्थानीय तहमा तीव्र रुपमा पार्टी...बाँकी

तामाकोसी जलविद्युत आयोजना नेपालकै लागी नमुनायोग्य – मन्त्री पुन

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ९ गते शनिवार

तामाकोसी जलविद्युत आयोजना नेपालकै लागी नमुनायोग्य – मन्त्री पुन

दोलखा, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन 'अनन्त' ले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निरीक्षण गर्नुभएको छ। उर्जामन्त्री पुन दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन ४५६ मेगावाट क्षमता भएको तामाकोसी जलविद्युत आयोजनाको अवस्था बारेमा जानकारी लिन शुक्रवार साँझ दोलखा पग्नुभएको हो । मन्त्री पुन राष्ट्रिय गौरवको रुपमा रहेको तामाकोसी जलविद्युत आयोजनालाई...बाँकी