prachanda, nicola polit, british ambassador
 

काठमाडौँ । नेपालका लागि संयुक्त अधिराज्यका नवनियुक्त राजदूत निकोला पोलिटले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

अध्यक्ष निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा सदियौंदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाका बारेमा छलफल भएको थियो । भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नेपाल र बेलायत बिच सयौं वर्षदेखिको मित्रता रहेको छ । तपाईंको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु ।’ भेटका अवसरमा अध्यक्षले नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको बताउनुहुँदै देशको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

भेटमा नवनियुक्त राजदूत निकोलाले आफू २० वर्ष पहिले शोधकर्ताका रूपमा नेपाल आएको र अन्नपूर्ण रूटमा ट्रेकिङ गरेको स्मरण गर्नुभएको थियो । उहाँले नेपालको विकासमा बेलायत सरकारको सहयोग रहने विश्वास दिलाउनुभयो ।