मेल्सम ओझा, melsam ojha
 

उडेर जाँदै थिएँ म हिमालपारिको ठाउँ,
रहर उठ्यो मनमा विमान आफै उडाऊँ ।
वर्ष बिते धेरै तर घटेन मनको रहर,
जुनेली रातमा आखिर भइगो सदर ।

सिकेर ती सारा सिप फर्किएँ म देशमा,
बितिगो आधै दशक सूर्यताप पर्खाइमा ।
ज्ञानी धेरै छन् नेपाल देशका बा आमा,
सहिद सेवक दिन्छन् देशको काखमा ।

एक बिहान आयो खुसी खबर श्रमको,
श्रम आफै लजायो देखेर मुहार उनको ।
तिमी त सहिद भइगयौ रुन्छ देश धरधरी,
सेवक मर्छ हरपल आँशु झार्छ बरबरी ।

पंख बाँध्यो कि कसैले सुनका जन्जिरले,
मञ्च मञ्च काम छ लुटेको हो कि कसैले ।
रोइरा’छु मै पनि बेथितीको खात देखेर,
भनिदेऊन सहिदको रगत गयो कि खेर?

(रचनाकार प्रगतिशील साहित्यकार हुनुहुन्छ ।)