माघ महिनाको कठ्यांग्रिने जाडोमा पेटीमा सुत्ने त्यो बालक ऊसँग न ओड्नेछ न ओछ्याउने छ न खुट्टामा चप्पल छ न हातमा पञ्जा छ न शीरमा टोपी छ न गलामा गलबन्दी छ जति रात छिप्पिँदै जान्छ उति शरीर कठ्यॉंग्रिदै जान्छ ऊ गुटुमुटु हुन्छ । अनि एउटै डल्लो पर्छ सँगैका कुकुरहरु...बाँकी
"मात्रीदेवो भव: ! पितृदेवो भव: !! " "माता यस्य गृहे नास्ति, भार्या च पृय वादिनिम् ! अरण्यम् तेन गन्तव्यम् यथारण्यम् तथा गृहम् !!" - संस्कृत नीतिश्लोकहरु "पुत्रले हो पितालाई देवता मान्नु पर्दछ" । - बालकृष्ण सम जीवित रहँदासम्म छोराछोरीहरुले पिता-मातालाई देव-देवीसरह मान्ने र श्रद्धाभक्ति र आज्ञापालन गर्ने अनि...बाँकी
गाउँ छ गाउँसँगै सुनार्नी भाउजू छिन् भाउजूका उच्चाट आँखाहरू छन् जो सधैँ भालेको डाँकसँगै झिसमिसेमै उठ्छिन् जाँतो पिँध्छिन् आँगन बढार्छिन् घर लिप्छिन् पँधेरो जान्छिन् पानी भर्छिन् चुलो जोर्छिन् जाउलो बसाल्छिन् र, जाउलोले आधा भरिएको पेटमा नानीहरूलाई स्कुल पठाउँछिन् । यिनै कविताका हरफहरूसँग गुञ्जिँदै थिए, अनिल श्रेष्ठ । राजधानीको...बाँकी
चुनौतीमाथि चुनौती छ, धेरै त जोखिम छ, प्रतिकूलता नै प्रतिकूलता छ । तर आँट र साहस छ भने मृत्युसँग जुध्ने आँट छ भने ज्वालामुखीसँग खेल्ने हिम्मत छ भने दन्किरहेको आगोसँग खेल्नुपर्छ, हुन्हुनाउँदै आइरहेको बाढीसँग जुध्नुपर्छ, चलिरहेको सुनामीसँग लड्नुपर्छ, अग्लो पहाड नाग्ने आँट गर्नुपर्छ, अनि पो त नयाँ नयाँ...बाँकी
पानी पर्यो, असिना झर्यो, बादल फाटिएछ, सालको पात झरेको मन, माया साटिएछ । तोरी फुल्यो, पैयुँ फुल्यो, लेक माथि- माथि, दुख: पीडा साट्न पनि छैनन् संगी साथी । आकाशमाथि हेरिरा'छु, जुन ताराको मुस्कान, क्षितिज चुम्ने हाम्रो चाह, सबै भयो बिस्कुन । पानी पर्यो, असिना झर्यो .............................। माथि माथि...बाँकी
जनताको सुख दुःख सबैमा साथ दिने वास्तविक मनोभावनालाई सम्बोधन गर्दै परिवर्तनलाई आत्मसात गरेको मार्क्सवादी विचारबाट ओतप्रोत साहित्य तथा संस्कृतिलाई प्रगतिशील सांस्कृतिक फाँट अथवा प्रगतिवादी साहित्य भनिन्छ । नेपालको कठिन राजनीतिक परिस्थितिमा नेपाली प्रगतिशील कलाकारहरुले आफ्नो सिर्जनाका माध्यमबाट जनतालाई संगठित विद्रोहमा ऊतार्न महत्त्वपूर्ण भूमिका खेलेको कुरा प्रष्ट छ ।...बाँकी
आएर वेगसरी अन्धकारमा छिर्के मिर्के कपडा लगाएका, हातमा लामा लामा बन्दुक बोकेका, टोपधारीहरुले लगेथे मेरा बा'लाई निलो जीपमा, छोडेर धमिला यादहरु अनि मेरा बा'को भेस्ट । मन्द मन्द बा'को पसिनाको गन्ध आउने त्यो भेस्ट धोइएन कहिल्यै, आमालाई लाग्दो हो पानीले भेस्ट होइन पखालिने छ उनकै सिउँदो । कोठाको...बाँकी
देश बनाउने सबै भए, गाँउ बनाउने किही भएन सिंहदरबार दिने धेरै भए, पालिकामा कोही भएन सुनाउने धेरै भए, जनताको सुनिदिने कोही भएन सम्बोधन गर्ने धेरै भए, दुःखी फेर्ने कोही भएन संविधान फेर्ने धेरै भए, नीति फेर्ने कोही भएन नियम फेर्ने धेरै भए, जीवन फेर्ने कोही भएन अन्धविश्वास फेर्ने...बाँकी
नफर्के पनि कमरेड कृष्ण सेन, महिना र गते फर्किरहेछन् । नमेटिए पनि उत्पीडन, नारा अझै घन्किरहेकै छन् । अधुरै भए पनि वाचाहरू, सपनाहरू अझै बिउँझै छन् । विभक्त छन वाचकहरू, दोषारोपण उस्तै र जिउँदै छन् । मरिहत्ते देखिन्छ पदका लागि, तर पङ्गाजाले पछौरी ओढिएकै छन् । तै पनि...बाँकी
कृष्ण सेन ‘इच्छुक’को हत्याको खबर यो धर्तीभरी सनसनी फैलिँदैथ्यो मैले पनि सुनेँ त्यो हत्याको खबर । त्यतिखेर मेरो मानसपलटमा ‘इच्छुक’को चेप्टो अनुहार देखेँ निधारमाथि पातलो कपाल देखेँ तेजिला आँखा मतिर हेरेको देखेँ ठूला कानहरु सलक्क देखेँ ओठमा मिठो मुस्कान छोडेको देखेँ हात मिलाउन ल्याएको देखेँ कस्तो छ भन्दै...बाँकी