News

राष्ट्रपति भण्डारीद्वारा चिनियाँ वसन्त चाडको शुभकामना

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ ११ गते शनिवार

राष्ट्रपति भण्डारीद्वारा चिनियाँ वसन्त चाडको शुभकामना

काठमाडौँ । नेपालका राष्ट्रपति महामहिम विद्यादेवी भण्डारीले वसन्त चाड को अवसरमा जनवरी २२ तारिखमा चाइना मिडिया ग्रुपलाई अन्तर्वार्ता दिँदै चिनियाँ समकक्षी राष्ट्रपति सी चिनफिङ, चिनियाँ सरकार र चिनियाँ जनसमुदायलाई भिडियोमार्फत शुभकामना दिनुभएको छ ।बाँकी

सोनाम ल्होछारको उपलक्ष्यमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ ११ गते शनिवार

सोनाम ल्होछारको उपलक्ष्यमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तामाङ समुदायको सांस्कृतिक चाड सोनाम ल्होछार को उपलक्ष्यमा सम्पूर्ण तामाङ समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । आज सोनाम ल्होछार-२८५६ को उपलक्ष्यमा अध्यक्ष प्रचण्डले एक शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायको सांस्कृतिक चाड सोनाम ल्होछार - २८५६...बाँकी

क. नारायणकाजी श्रेष्ठसहित नेकपाका सबै उमेदवार राष्ट्रिय सभामा निर्वाचित

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ १० गते शुक्रवार

क. नारायणकाजी श्रेष्ठसहित नेकपाका सबै उमेदवार राष्ट्रिय सभामा निर्वाचित

काठमाडौँ । बहुचर्चित राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उठाएका सबै उम्मेदवारहरू विजयी हुनुभएको छ । बिहीबार भएको निर्वाचनमा राष्ट्रियसभा सदस्यको अन्तिम मत परिणाम आजै सार्वजनिक भएको हो । रिक्त हुन लागेका १८ जना राष्ट्रिय सभाका सदस्यहरूका लागि बिहीबार भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का...बाँकी

खाद्य तथा कृषि संगठनको नेपाल परामर्श गोष्ठी काठमाडौँमा सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ ८ गते बुधवार

खाद्य तथा कृषि संगठनको नेपाल परामर्श गोष्ठी काठमाडौँमा सम्पन्न

काठमाडौँ । संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठनको ३५औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनको सन्दर्भमा नेपालको राष्ट्रिय स्तरको परामर्श गोष्ठी काठमाडौँमा सम्पन्न  भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले खाद्य तथा कृषि संगठनको ३५औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन नेपालजस्ता विकासशील मुलुकहरूका...बाँकी

नेकपा क्रान्तिकारी रूपान्तरणको दिशामा, जारी गर्‍यो ११ बुँदे आचारसंहिता

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ ६ गते सोमवार

नेकपा क्रान्तिकारी रूपान्तरणको दिशामा, जारी गर्‍यो ११ बुँदे आचारसंहिता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीलाई समाजवादी क्रान्तिको दिशाउन्मुख सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीमा रूपान्तरण गर्ने दिशामा आघि बढेको छ । यसैको पहलकदमीको रूपमा नेकपाले ११ बुँदे आचारसंहितासहित पार्टी नेता तथा कार्यकर्ताहरूको आचरण, जीवनशैली, पारिवारिक तथा सामाजिक सम्बन्धबारे निर्देशन जारी गरेको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली...बाँकी

नेपाल आयल निगमको ५०औं वार्षिकोत्सव भव्य रूपले सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस २७ गते आइतवार

नेपाल आयल निगमको ५०औं वार्षिकोत्सव भव्य रूपले सम्पन्न

बुटवल । देशभर पेट्रोलियम पदार्थको आपूर्ति तथा वितरणको सम्पूर्ण जिम्मेवारी बहन गरिरहेको नेपाल आयल निगम लिमिटेडले यही पौष २६ गते विभिन्न कार्यक्रमहरू गरी आफ्नो स्वर्ण जयन्ती (५०औँ वार्षिकोत्सव) भव्य रूपले सम्पन्न गरेको छ । ‘सहजता, शुद्धता र पारदर्शिता - नेपाल आयल निगमको प्रतिबद्धता’ भन्ने मूल नारा र उद्देश्यसहित...बाँकी

कृषि, पर्यटन र जलस्रोत मुलुकको समृद्धिका मेरुदण्ड – पूर्व प्रधानमन्त्री नेपाल

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १९ गते शनिवार

कृषि, पर्यटन र जलस्रोत मुलुकको समृद्धिका मेरुदण्ड – पूर्व प्रधानमन्त्री नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता क. माधवकुमार नेपालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि पर्यटन र जलस्रोत मेरुदण्ड भएको बताउनु भएको छ । नेपाल भ्रमण वर्ष–२०२० का अवसरमा शनिबार कञ्चनपुरको बेदकोट नगरपालिकाले पर्यटकीयस्थल बेदकोट ताल क्षेत्रमा आयोजना गरेको अनुभव आदान-प्रदान कार्यक्रममा उहाँले भन्नुभयो, ‘मुलुकको...बाँकी

नेकपाद्वारा राष्ट्रिय सभाका लागि पार्टीका उम्मेदवारहरू तय

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १८ गते शुक्रवार

नेकपाद्वारा राष्ट्रिय सभाका लागि पार्टीका उम्मेदवारहरू तय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी सचिवालय सदस्य एवं प्रवक्ता क. नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य बेदुराम भुसालसहितका नेताहरूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्टिय सभानिर्वाचनका लागि नेकपाका...बाँकी

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सन्देशको अध्यक्ष प्रचण्डद्वारा उच्च प्रशंसा

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १७ गते बिहीवार

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सन्देशको अध्यक्ष प्रचण्डद्वारा उच्च प्रशंसा

काठमाडौँ । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ वर्ष २०२० का अवसरमा दिनुभएको शुभकामना सन्देशको नेपालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उच्च प्रशंसा गर्नुभएको छ। बुधबार बिहान काठमाडौँमा चिनियाँ मिडिया ग्रुपका प्रतिनिधिसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले जनवादी गणतन्त्र चीनले प्राप्त...बाँकी

राष्ट्रियताको सम्बर्द्धन र समुदायको पहिचानमा मुलुकको समुन्नति र समृद्धि निर्भर छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १५ गते मंगलवार

राष्ट्रियताको सम्बर्द्धन र समुदायको पहिचानमा मुलुकको समुन्नति र समृद्धि निर्भर छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रियताको सम्बर्द्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्नति र समृद्धि निर्भर रहेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तमू (गुरुङ) समुदायको पर्व तमू ल्होछार/ल्होसार–२०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण...बाँकी