News

मिडिया विधेयकलाई प्रेसमैत्री बनाउन सरकार तयार

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ९ गते बिहीवार

मिडिया विधेयकलाई प्रेसमैत्री बनाउन सरकार तयार

काठमाडाैं, मिडिया काउन्सिल विधेयकलाई सञ्चार क्षेत्रबाट आएको सुझावका आधारमा समृद्ध र प्रेसमैत्री बनाउन सरकार तयार रहेको सरकारले जनाएकाे छ । मिडिया काउन्सिल विधेयकको विषयलाई लिएर प्रेस संगठन नेपालको ज्ञापनपत्र बुझेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सबैको सुझावका आधारमा विधेयकलाई समृद्ध बनाउने बताउनुभयाे । ‘सरकारले असल नियतले...बाँकी

उपराष्ट्रपति पुन जलवायुसम्बन्धी कार्यक्रमका लागि अष्ट्रिया जाने

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ९ गते बिहीवार

उपराष्ट्रपति पुन जलवायुसम्बन्धी कार्यक्रमका लागि अष्ट्रिया जाने

काठमाडौँ । अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा उपराष्ट्रपति नन्दबहादुर पुन  'पासाङ' जलवायुसम्बन्धी कार्यक्रममा भाग लिन आगामी आइतबार भियना जाने हुनुभएकाे छ । आगामी जेठ १४ मा हुने आर २० नामक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उपराष्ट्रपति पुन त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।...बाँकी

जीवनकाे उर्वर समय कम्युनिस्ट आन्दोलनलाई दिनेलाई अन्यत्र चैन हुँदैन – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ९ गते बिहीवार

जीवनकाे उर्वर समय कम्युनिस्ट आन्दोलनलाई दिनेलाई अन्यत्र चैन हुँदैन – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले कम्युनिस्टको नाममा हिजो काम गरेका र जिवनको सबै भन्दा उर्वर समय कम्युनिस्ट आन्दोलनलाई दिएका मान्छेहरुलाई अन्त गएर चैन नहुने बताउनुभएकाे छ । बिहिबार आयाेजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले अभिभावकको नाताले बिहान रिसाएर गएका आफ्ना सन्तानहरुलाई साँझ घर...बाँकी

नेपाली कम्युनिस्ट आन्दोलन धेरै उतारचढावहरुले भरिएको छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ९ गते बिहीवार

नेपाली कम्युनिस्ट आन्दोलन धेरै उतारचढावहरुले भरिएको छ – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक आन्दोलन र कम्युनिस्ट आन्दोलनको इतिहास धेरै उतारचढावहरुले भरिएको बताउनुभएकाे छ । आज आयोजित एक पार्टी प्रवेश कार्यक्रमको सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे । उहाँले भन्नेनुभयाे, ‘धेरै तिता मिठा अनुभवहरु यसभित्र संगालिएका छन्...बाँकी

नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ९ गते बिहीवार

नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर

काठमाडौं, नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहांका यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले उक्त समझदारीमा मंगलवार हस्ताक्षर गर्नुभएको हो । दुई देशबीच ऊर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवहरुलाई आदान प्रदान...बाँकी

केन्द्रीय सदस्यकाे कार्यक्षेत्र टुंगाे लाउने तयारीमा नेकपा

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ९ गते बिहीवार

केन्द्रीय सदस्यकाे कार्यक्षेत्र टुंगाे लाउने तयारीमा नेकपा

काठमाडौं, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्ड बिच बालुवाटारमा 'वान टु वान' छलफल भएको छ। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा भएको दुई नेताबीचको छलफल करिब ३ घण्टा चलेको बालुवाटार स्रोतले जनाएको छ। बिहान ९ बजे बालुवाटार पुगेका अध्यक्ष प्रचण्ड र ओली बिचको तीन घण्टा...बाँकी

अध्यक्ष प्रचण्ड र बेलायती विकास मन्त्री बरोनेस सग बिच भेटवार्ता सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ८ गते बुधवार

अध्यक्ष प्रचण्ड र बेलायती विकास मन्त्री बरोनेस सग बिच भेटवार्ता सम्पन्न

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड र बेलायती अन्तर्राष्ट्रिय विकास विभागमन्त्री बरोनेस सग बिच भेटवार्ता सम्पन्न भएकाे छ। अध्यक्ष प्रचण्डकाे निजी निवास खुमलटारमा भएको भेटमा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका विषयमा छलफल भएको सचिवालयले जानकारी दिएको छ। भेटमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक...बाँकी

भाेजपुरमा प्रहरीकाे गाेलीले ‘विप्लव’ कार्यकर्ताकाे ज्यान गयाे

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ८ गते बुधवार

भाेजपुरमा प्रहरीकाे गाेलीले ‘विप्लव’ कार्यकर्ताकाे ज्यान गयाे

काठमाडौं,  प्रहरीले गोली हानेर गिरफ्तार गरेका नेपाल कम्युनिष्ट पार्टी भोजपुरका कार्यकर्ता तीर्थराज घिमिरेको मध्यराति मृत्यु भएको छ । मंगलबार भाेजपुरको टेम्केमैयुङ गाउँपालिका वार्ड नं १ बाट गिरफ्तार गरिएका घिमिरेकाे उपचारका क्रममा मृत्यु भएकाे हाे । घिमिरेलाइ उनकाे घरबाटै गिरफ्तार गरी हत्कडी लगाएकाे र त्यसपछि प्रहरीले गोली हानेको नेकपा...बाँकी

एसियाका १८२९ थिङ्क ट्याङ्कहरुमा नेपाल उल्टोबाट १३औं श्रेणीमा

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ७ गते मंगलवार

एसियाका १८२९ थिङ्क ट्याङ्कहरुमा नेपाल उल्टोबाट १३औं श्रेणीमा

काठमाडौँ । एसियाका थिङ्क ट्याङ्कहरू सम्बन्धी अध्ययनमा नेपालको अवस्था अत्यन्तै कमजोर देखिएको छ । एसियाका विभिन्न मुलुकहरूका १८२९ थिङ्क ट्याङ्कहरुको बिचमा गरिएको अध्ययनमा नेपाल पछाडि (उल्टो) बाट १३औं श्रेणीमा परेको छ, यो अवस्था तीव्र विकास र प्रगतिसहित समाजवादउन्मुख व्यवस्था निर्माणमा जुटेको नेपाल जस्तो देशका लागि दुःखद कुरा हो ।...बाँकी

आइएनजिओ बन्द गर्नुपर्छ – नेता नारायणकाजी श्रेष्ठ

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ७ गते मंगलवार

आइएनजिओ बन्द गर्नुपर्छ – नेता नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा संचालित अन्तर्राष्ट्रिय गैरसरकारी संघ, संस्था(आइएनजिओ) बन्द गर्नुपर्ने बताउनु भएको छ । प्रवक्ता श्रेष्ठले सोमबार पेसागत महासंघको २५ औँ स्थापना दिवसमा आइएनजिओ ले मुलुकमा विकास गर्न नसक्ने उल्लेख गर्नुभयो । ‘आइएनजिओ ले राष्ट्रियता र विकासमा योगदान गर्न सक्दैनन्’...बाँकी